पाठक सर्वेक्षण प्रतिवेदन

पाठक सर्वेक्षण प्रतिवेदन

भलाकुसारी र महिला स्वास्थ्य प्रकाशन
यस प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले स्थापनाकालदेखि नै समुदायको हितका लागि प्रकाशनलाई महत्व दिंदै आएको छ । सन् १९८८ देखि स्वास्थ्य लगायत विविध विषयहरूमा रेस्फेकले सूचना, शिक्षा तथा सञ्चारका विविध सामग्रीहरू प्रकाशन गर्दै आएको छ । यसैंको सिलसिलामा भलाकुसारी द्वैमासिक र महिला स्वास्थ्य त्रैमासिक प्रकाशन हुँदै आएको हो । 
 
भलाकुसारी तथा महिला स्वास्थ्य पत्रिका, पुस्तकहरू, पोस्टर, पाम्प्लेटहरू, स्टिकर, हाते पुस्तक, प्रतिवेदनहरू प्रकाशन गर्ने क्रम जारी नै रहेको छ । 
 
यी विभिन्न सामग्रीहरू विभिन्न माध्यमद्वारा उप–स्वास्थ्य चौकी, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, महिला विकास विभाग, स्कुलहरू, गैर–सरकारी संघसस्थाहरू तथा स्वास्थ्य र सामाजिक कार्यकर्ताहरूलाई वितरण गर्दै आएको छ ।
 
क. भलाकुसारी 
रेस्फेकले सन १९९० अप्रिल २ अर्थात विसं २०४६ चैत्र १५ देखि नै भलाकुसारी प्रकाशन गर्दै आएको छ । यस संस्थाले विशेष गरी ग्रामीण स्तरमा जनतासँग प्रत्यक्ष रुपमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका तथा गर्ने स्वास्थ्य कार्यकर्ताहरूलाई प्रत्यक्ष सहयोग पुग्ने किसिमको द्वैमासिक भलाकुसारी नामक जनस्वास्थ्य सम्बन्धि प्रकाशनलाई निरन्तरता दिएको हो । यस पत्रिकामा रोगहरू लाग्ने कारणहरू, रोगहरूको लक्षण, रोगहरूको पहिचान तथा औषधि उपचार बारेमा र स्वास्थ्य सम्बन्धि भए गरेका अनुसन्धानहरूको कुराहरूलाई समेटिएको हुन्छ भने सफलताका कथाहरू समय समयमा प्रकाशन हुँदै आएको छ । 
 
ख.  महिला स्वास्थ्य 
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले सन् १९९५ को सेप्टेम्बर १८ अर्थात वि.सं. २०५२ असोज २ गतेदेखि त्रैमासिक रुपमा महिला स्वास्थ्य पत्रिका प्रकाशन गर्दै आएको छ  । यस पत्रिकामा महिलाहरूको स्वास्थ्यमा लाग्ने रोगहरू, त्यसको पहिचान, उपचार गर्ने विधिहरू, लिङ्गभेदबाट उत्पन्न हुने रोगहरू, महिलामाथि हुने शोषण, महिला अधिकार आदि विषयवस्तुहरूलाई समेटिएको हुन्छ ।
 
अध्ययनको उद्देश्य
भलाकुसारी र महिला स्वास्थ्य पत्रिका स्वास्थ्य क्षेत्रमा निरन्तर प्रकाशित पत्रिका हो । निःशुल्क रुपमा गाउँवेशीमा समेत उपलव्ध यस पत्रिका प्रत्येक हेल्थ पोस्टमा पुग्ने एउटा मात्र नियमित पत्रिका हो । यसको उपादेयता, आवश्यकता, सिर्जनशीलता र परिमार्जनको पहिचान गर्नका लागि पाठक सर्वेक्षण गरिएको हो । 
 
हुलाकमार्फत प्रत्येक हेल्थपोस्टमा अनि कुरियर सेवा मार्फत प्रत्येक जिल्लाका हाम्र्रा सहकर्मीमार्फत र www.recphec.org.np / www.elibrary-recphec.org.np मार्फत संसारभर पढ्न सकिने यस पत्रिकालाई थप जिम्मेवार बनाउने तपाईं हाम्रो कर्तव्य हो । 
 
दैनिक पत्रपत्रिका तथा अन्य पत्रपत्रिका यातायातको असहजता र महँगो हुलाक सेवाका कारण गाउँघरमा सहज रुपमा पुग्न नसकेको हुन सक्छ । भलाकुसारी र महिला स्वास्थ्य पनि कतै पाठकमाझ पुगिरहेको पो छैन कि भन्ने पिरलोको समाधानका लागि यो सर्वेक्षण गरिएको हो । 
 
यस पत्रिकालाई अझ व्यवस्थित र परिमार्जन गर्न तथा पाठक प्रभावकारिता सर्वेक्षण गर्न पाठकमाझ पुुगेका हौं । 
 
अध्ययन स्थल र समय
  • सर्वेक्षण भएका जिल्ला : धनकुटा, बाँके, तनहुँ, भक्तपुर,म्याग्दी, पाल्पा, सुर्खेत
  • सर्वेक्षण तरिकाः नमुना पाठक सर्वेक्षण
स्वास्थ्य पत्रकारिताको अभियन्ताः भलाकुसारी
नेपाली पत्रकारिताको इतिहासले ११५ वर्ष नाघिसकेको छ । यो वीचमा राजनैतिक र धार्मिक पत्रकारिताले विशिष्टिकृत रुप लियो । तर जनताको स्वास्थ्य अधिकार र आधारभुत स्वास्थ्य सेवाका लागि वकालत र पैरवी गर्नेहरूको अभाव खट्किनै रह्यो । पत्रपत्रिका र टेलिभिजनले स्वास्थ्यसम्वन्धी सामग्री पस्किने प्रयास गरेता पनि मुर्त रुप भने लिन सकेको छैन । नेपाली पत्रकारिता स्वतन्त्रभन्दा साहुुतन्त्र भएका कारण साहुुको इच्छा, चाहना र विज्ञापनदाताको रुचीमा चल्दै आएको छ । स्वास्थ्यको क्षेत्रमा विज्ञापन पाउन नसकिने, चुरोट तथा मदिराले स्वास्थ्यमा असर पर्ने कुरा उल्लेख गर्नुपरेका कारण स्वास्थ्य पत्रकारिता साहुको नजरमा खुुट्टामा बन्चरो हान्नुसरह थियो ।
 
सुर्ती र मदिराको विज्ञापनको भरमा नेपाली पत्रकारिता चलेकै कारण स्वास्थ्यसम्बन्धी कुरा ओझेलमा नै रह्यो । यस्तो परिवेशमा जनतालाई स्वास्थ्य सम्बन्धी जानकारी दिने, सूचना दिने, स्वास्थ्य सुधारमा अभिप्रेरणा दिने काम भलाकुसारी र महिला स्वास्थ्यले गरि नै राख्यो । मुलधारका पत्रकारिताले गर्न नसकेको यो काम रेस्फेकको प्रकाशनले निरन्तर रुपमा एक छत्र रुपमा गरि नै राख्यो । नेपाल सरकारले ६० को दशकमा सुर्ती र मदिराको विज्ञापनमा कडाइ गरेपछि भने मुलधारका पत्रपत्रिकाले स्वास्थ्यलाई प्राथमिकताको सूचीको रुपमा राख्यो ।
 
नेपालको पत्रकारिताको इतिहासमा २५ वर्षदेखि निरन्तर प्रकाशन भएको पत्रिकाको नाममा भलाकुसारीको नाम गर्वका साथ लिन सकिन्छ । स्वास्थ्यसम्बन्धी कुरा मुलधारका पत्रिकाको भित्रि पेजको कुनामा परिरहेको अवस्थामा भलाकुसारी विशिष्टिकृत स्वास्थ्य पत्रिकाको रुपमा रहिरह्यो । जनतालाई स्वास्थ्यमा सचेतना जगाउने र सरकारलाई खवरदारी गर्ने काम यसले निरन्तररुपमा रहिरह्यो । यसर्थ नेपालको पत्रकारिताको इतिहासमा भलाकुसारी द्वैमासिक पत्रिका स्वास्थ्यसम्वन्धि विशिष्टिकृत पहिलो पत्रिका हो । 
 
सर्वेक्षणको महत्व
सरकारले सुर्ती र मदिराका विज्ञापनमा प्रतिवन्ध लगाए पछि मुलधारका पत्रपत्रिका स्वास्थ्यसम्वन्धि खबरमा दुुई कदम अगाडि वढे । विज्ञापन नपाइएला भनेर स्वास्थ्य सम्वन्धि खवर छाप्न ३ कदम पछाडि सर्नेहरू हाल आएर अगाडि वढ्न थालेका छन् । प्रत्येक जसो दैनिक पत्रिकाका अग्रपेजमा स्वास्थ्यसम्वन्धि खबर र प्रत्येक हप्ता विशेष पेज निकाल्न थालिएको छ । यसवीचमा स्वास्थ्यलाई मुख्य विषयवस्तु बनाएर विशिष्टिकृत स्वास्थ्य पत्रिका निकाल्ने क्रम पनि वढेको छ ।
 
यस्तो परिवेशमा भलाकुुसारी र महिला स्वास्थ्य पत्रिकाको उपादेयता पत्ता लगाउनुु आवश्यक थियो । हातहातमा मोवाइल र इन्टरनेट पुुगिसकेको अवस्थामा भलाकुुसारी पत्रिका आवश्यक छ कि छैन र आवश्यक भए के कस्तो परिमार्जन आवश्यक छ भन्ने कुरा पत्ता लगाउनु पाठक सर्वेक्षणको ध्येय हो । 
 
कार्यक्रम सञ्चालनका लागि अवलम्वन गरिएका बिधिहरू :
  • प्रश्नावलीका माध्यमद्वारा पाठक सर्वेक्षण
  • सर्वेक्षण समुदायस्तरमा 
  • पत्रिका पुग्ने, पढ्ने समुह तथा अन्य समुदायलाई समेत पढ्न दिएर सर्वेक्षण
  • प्रतिनीधिमूलक सहभागिताका लागि महिला, पुरुष सहभागितालाई ध्यान दिई सर्वेक्षण 
  • पाठक सर्वेक्षण फारम भर्दा सकेसम्म समूहगत छलफल गराइएको थियो ।
  • सर्वेक्षण फारम भर्नु भन्दा पहिले भलाकुसारी र महिला स्वास्थ्य पत्रिका स्थानीय समुदाय, स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी र यहाँहरूका साथीहरूलाई पढ्न दिइएको थियो । 
  • समुदायको वैठक डाकी र अनौपचारिक साक्षरता कक्षामा पनि यो फारम भराइएको थियो । 
विश्लेषण तथा विस्तृत विवरण जिल्लागत पाठक संख्या अनुमानित 
  • धनकुुटा : ५००
  • बाँके : १०००
  • तनहुँ : ६०००
  • भक्तपुर : १५००
  • म्याग्दी : ३०००
  • पाल्पा : १७००
  • सुर्खेत : २२००
स्वास्थ्यसम्बन्धी समस्या
जिल्लामा रहेका पाठकहरूले स्वास्थ्य सम्वन्धि के कस्ता समस्या झेल्नु परेको छ भन्ने प्रश्नमा पाठकहरूले स्वास्थ्यमा चेतनाको अभाव रहेको औंल्याए । जनचेतना नहुनु र उपचारका लागि आर्थिक अभाव नै स्वास्थ्यसम्वन्धि समस्याको मुलभुुत कारण भएको उनीहरूको तर्क रहको छ । पाठकहरूले देखेका केही महत्वपूूर्ण स्वास्थ्यसम्बन्धी समस्या निम्नानुसार छन् ।
१) स्वास्थ्य चेतनाको कमिका कारण उपचारमा ध्यान नदिनाले उपचारमा ढिलाई
२) उपचारमा बढि खर्च लाग्ने हुदां कमजोर आर्थिक अवस्था भएकालाई समस्या
३) कुन रोगका लागि काहाँ राम्रो उपचार पाईन्छ भन्ने वारे थाहा नहुनु
४) घरेलु उपचार बिधि तथा रोगको रोकथमको उपायहर बारे ज्ञान नहुनु 
५) सरसफाईमा कम ध्यान दिनु
६) गाउँ गाउँमा रोगहरूबारे जनचेतनाको कमि हुनु
७) गाउँ घरमा औषधिहरू पर्याप्त नहुनु
८) स्वास्थ्य सुचना, र प्रबिधिको प्रयोग कम मात्रै हुनु 
९. आँखा,कान, ढाड दुख्ने
१०. तत्काल चाहिने उपचार पद्धति वा जानकारी समयमा प्राप्त नहुने
११. टाउको दुख्ने, पेट दुख्ने, रुघाखोकीबाट गसित
१२. झाडापखाला, जण्डीस, यौनरोग, नशासम्वन्धि रोग
१३. महिलाको पाठेघर खस्ने समस्या
१४. पुरुषमा उच्च रक्तचाप, दम, पित्तथैलीमा पत्थर, फ्रस्तेसन र डिप्रेसन
१५. विभिन्न रोगसम्वन्धि जानकारी नहुनु
१६. प्रसुतिपछिको यातायात भत्ता पाएका छैनन् ।
 
भलाकुसारी र महिला स्वास्थ्यमा प्रकाशित सामग्री
भलाकुुसारीमा समाविष्ट सामग्री समयसान्दर्भिक रहेको र राम्रो भएको प्रतिक्रिया पाठकको रहेको छ । केही पाठकले सहज र सजिलोसँग बुुझिने खालको भएको र केहीले पर्याप्त नभएको बताए । 
 
भविष्यमा आउनुुपर्ने विषयवस्तुु
आगामी अंकहरूमा भलाकुसारी र महिला स्वास्थ्यमा कस्ता विषय आउनु पर्ला? भन्ने जिज्ञासामा निम्न लिखित विषयवस्तुको अपेक्षा गरिएको बताए । 
१) स्वास्थ्यसँग सम्वन्धित नयाँ बिषय बस्तु, नयाँ रोगहरूका बारेमा जानकारी तथा परामर्श
२) वातावरण शिक्षा, प्रदुषण सम्वन्धि सामग्री
३) रोग बिषेशज्ञहरूका लेख, रचना टिप्पणी तथा अन्तरवार्ताहरू समावेश गर्नुपर्छ
४) निशुल्क उपाचार पाउन सक्ने रोगहरूका बारेमा सरकारी प्रावधान के छ ?
५) स्वास्थ्य क्षेत्रमा भएका राम्रा सुधारका कुराहरू 
६) स्वास्थ्य अधिकार संग सम्वन्धित बिषयहरू, स्वास्थयसंग सम्बन्धित कानूनी प्रक्रियाका बारेमा जानकारी
७) सफल डाक्टर, स्वास्थ्य कर्मि, स्वयंसेवक हरूका सफलताका कथाहरू
८) जीवनोपयोगी कुरा आउनुप¥यो । 
९) महिलाको स्वास्थ्य र स्याहारसम्वन्धि विषयवस्तु आउनुप¥यो । 
१०) महिलाको प्रजनन्सम्वन्धि र महिलालाई लाग्ने विभिन्न नयाँ नयाँ रोगको जानकारी
११) घरेलु हिंसाले पार्ने मनोसामाजिक, आर्थिक, स्वास्थ्य प्रभाव
१२) तेलीय खाद्यपदार्थले पर्ने असर
 
समेट्नुपर्ने सामग्री
स्वास्थ्यसम्बन्धी सामग्री दिदा के कस्ता कुरामा बढी ध्यान दिनु पर्ला भन्ने प्रश्नमा निम्न लिखित बुँदाहरू दिएका छन् । 
१) महिला स्वास्थ्य तथा प्रजनन्
२) गाउँ घरमा बढी देखिने स्वास्थ्य समस्याहरूका बारेमा सामग्रीहरू समेट्नुपर्ने । 
३) महिला हिँसाका बारेमा चेतना दिने सामग्रीहरू राख्नु पर्ने ।
४) पाठकहरूका बिचार, सुझावहरूको समेत पत्रिकामा राख्नु पर्ने ।
 
चित्र र तस्वीरको सार्थकता
भलाकुसारीमा प्रयोग गरिएका चित्र, तस्वीर उपयुक्त हो कि होइन? यसको परिमार्जन आवश्यक छ कि छैन भने जिज्ञासामा मिश्रित परिणाम आएको छ । ३५ प्रतिशतले उपयुक्त छ भनेका छन् भने ३० प्रतिशतले ठिकै र उपयुक्त छ भनेको छन् । बाँकी ३५ प्रतिशतले परिमाजनको आवश्यकता वोध गरेका छन् । 
 
सकारात्मक परिवर्तन
भलाकुसारी द्धैमासिक र महिला स्वास्थ्य त्रैमासिक पत्रिकाले जीवनमा सकारात्मक परिवर्तन गर्न सहयोग पु¥याएको छ कि छैन भने प्रश्न पाठकहरूलाई राख्दा सकारात्मक जवाफ पाइयो । ५५ प्रतिशतले छ को उत्तर दिए भने ३५ प्रतिशतले अलि अलि सकारात्मक परिवर्तन गरेको बताए । परिवर्तन ल्याउन नसकेको भने उत्तर दिने पाठकको संख्या १० प्रतिशत मात्र रह्यो । यसैंमा थप जवाफ दिंदै पाठकहरूले भुुलेको कुरालाई सम्झाएको पनि बताएका छन् ।
 
व्यवहार परिवर्तनमा पत्रिकाको भूमिका
भलाकुसारी पत्रिकाले व्यवहार परिवर्तनमा खेलेको भुूमिका परिवतनका विषयमा पाठकहरूले सकारात्मक परिवर्तन भएको बताए । यसका साथै निम्न बुँदाहरू पनि उल्लेख गरेका छन् । 
१) स्वास्थ्यसम्बन्धी समान्य बिषयहरूका बारेमा जानकारी पाई रोगहरूबाट बच्न सकिने
२) रोगहरूको रोकथामका उपायहरूका बारेमा जानकारीले सामान्य रोगको रोकथाम गर्न सजिलो हुने ।
३) लैगिङ्क हिँसा न्यूनीकरणमा सहयोग पुग्ने
४) महिलाहरूले भोग्नु परेका स्वास्थ्य समस्याहरू तथा लैगिङ्क समस्याहरका बारेमा जनचेतना भई त्यस्ता समस्याहरूको समाधानमा सचेत गराएको
५) समयमै उपचार गर्न र रोगहरूको पहिचान गर्न सहयोग पुगेको 
६) रोग लाग्नबाट बच्ने, रोगहरको रोगथामको उपायहरू साथै घरेलु उपचार बिधि जस्ता बिषयहरूले गर्दा उपचारका लागि अनावश्यक खर्चहरू कम हुने तथा प्राथमिक उपचार र सामान्य उपचारहरू घरमै गर्न सकिने 
 
स्वास्थ्य संस्थामा गई जँचाउन प्रेरणा 
भलाकुसारी र महिला स्वास्थ्य पत्रिका पढेर स्वास्थ्य संस्थामा गइ प्रेरणा दिएको बताएका छन् । 
 
स्वास्थ्य सुविधा लिन जानलाई ज्ञान 
भलाकुसारी द्धैमासिक र महिला स्वास्थ्य त्रैमासिक पत्रिकाको अध्ययन पछि सरकारले दिने स्वास्थ्य सुविधा लिन जानलाई ज्ञान दिएको पाठकहरूले बताएका छन् । पत्रिकाको अध्ययनबाट स्वास्थ्य संस्थामा जँचाउन सहयोग पुुगेको जानकारी दिए । पत्रिकाका कारण स्वास्थ्य चौकीमा जान प्रेरणा दिएको पनि बताए । सरकारले दिने सेवा सुविधा भलाकुसारीको एक छेउमा लेखि दिएको भए हुन्थ्यो भने उनीहरूको सुुझाव पनि रहेको छ । 
 
पाठकको सुझाव
  • पत्रिका समयमै प्राप्त भए राम्रो हुने थियो ।
  • पत्रिकाको पाना संख्या ८ पानाबाट अलि बढाउन सके भए अझ धेरै बिषय बस्तु अटाउने थियो । 
  • मोफसलका लेखकलाई नि स्थान दिनुहोस् ।
  • सर्वसुलभ र सहज रुपमा उपलव्ध होस
  • पिछडिएका वर्गलाई स्वास्थ्य शिक्षा दिनु आवश्यक छ । 
  • भलाकुसारी द्धैमासिक र महिला स्वास्थ्य त्रैमासिकलाई समुदाय स्तरसम्म लैजानु पर्छ जसले गर्दा समुदायको स्वास्थ्यका बारेमा समेत जानकारी लिन सकिन्छ ।
  • समाज, घरपरिवारको हिंसाले गर्दा पनि महिला अस्वस्थ छन् ।
  • स्वास्थ्य संस्थामार्फत महिला स्वास्थ्य स्वयंसेविकाहरूले गाउँघर समुदाय स्तरमा पत्रिकामा भएका बिषय बस्तुबारे छलफल तथा जानकारि गराउँदा यसको प्रभावकारीता बढ्ने। 
  • उच्चमावि र क्याम्पसका विद्यार्थीलाई पढाउन मिल्ने सामग्री पनि आओस् ।
  • इन्टरनेटमा पनि सहज रुपमा पढ्ने वातावरण बनाउनु आवश्यक छ । 
आगामी अंकहरूमा भलाकुसारी र महिला स्वास्थ्यमा कस्ता विषय आउनु पर्ला?
१) स्वास्थ्यसंग सम्वन्धित नयाँ बिषय बस्तु, नयाँ रोगहरूका बारेमा जानकारी तथा परामश
२) वातावरण शिक्षा, प्रदुषण सम्वन्धि सामाग्री
३) रोग बिषेशज्ञहरूका लेख, रचना टिप्पणी तथा अन्तरवार्ताहरू समावेश गर्नुपर्छ  
४) निशुल्क उपाचार पाउन सक्ने रोगहरूका बारेमा सरकारी प्रावधान के छ ?
५) स्वास्थ्य क्षेत्रमा भएका राम्रा सुधारका कुराहरू
६) स्वास्थ्य अधिकार संग सम्वन्धित बिषयहरू, स्वास्थयसंग सम्वन्धित कानूनी प्रक्रियाका बारेमा जानकारी
७) सफल डाक्टर, स्वास्थ्य कर्मि, स्वयंसेवक हरूका सफलताका कथाहरू
८) जीवनोपयोगी कुरा आउनुप¥यो । 
९) महिलाको स्वास्थ्य र स्याहारसम्वन्धि विषयवस्तु आउनुपर्‍यो । 
 
स्वास्थ्य सम्बन्धी सामग्री दिदा के कस्ता कुरामा बढी ध्यान दिनु पर्ला (बुँदागत रुपमा जानकारी दिनु होला)
१) महिला स्वास्थय तथा प्रजनन्
२) गाउँ घरमा बढी देखिने स्वास्थ्य समस्याहरूका बारेमा सामाग्रिहरू समेट्नुपर्ने ।
३) महिला हिँसाका बारेमा चेतना दिने सामाग्रीहरू राख्नु पर्ने ।
४) पाठकहरूका बिचार, सुझावहरूको समेत पत्रिकामा राख्नु पर्ने
 
भलाकुसारी द्धैमासिक र महिला स्वास्थ्य त्रैमासिक पत्रिकाले व्यवहार परिवर्तनमा कस्तो भूमिका खेलेको छ? 
१) स्वास्थ्यसम्बन्धी समान्य बिषयहरूका बारेमा जानकारी पाई रोगहरूबाट बच्न सकिने ।
२) रोगहरूको रोकथामका उपायहरूका बारेमा जानकारीले सामान्य रोगको रोकथाम गर्न सजिलो हुने ।
३) लैगिङ्क हिँसा न्यूनीकरणमा सहयोग पुग्ने ।
४) महिलाहरूले भोग्नु परेका स्वास्थ्य समस्याहरू तथा लैगिङ्क समस्याहरका बारेमा जनचेतना भई त्यस्ता समस्याहरूको सामाधानमा सचेत गराएको ।
५) समयमै उपचार गर्न र रोगहरको पहिचान गनृ सहयोग पुगेको ।
६) रोग लाग्नबाट बच्ने, रोगहरको रोगथामको उपायहरू साथै घरेलु उपचार बिधि जस्ता बिषयहरूले गर्दा उपचारका लागि अनावश्यक खर्चहरू कमहुने तथा प्राथमिक उपचार र सामान्य उपचारहरू घरमै गर्न सकिने अत्यन्तै सकारात्मक भूमिका खेलेको छ ।
 
अन्तमा तपाईंलाई भन्न मन लागेको वा सुझाव दिन मन लागेको कुरा भए
  • पत्रिका समयमै प्राप्त भए राम्रोहुने थियो ।
  • पत्रिकाको पाना संख्या ८ पान बाट अलि बढाउन सके भए अझ धेरै बिषय बस्तु अटाउने थियो । 
  • मोफसलका लेखकलाई नि स्थान दिनुहोस
  • सर्वसुलभ होस
  • पिछडिएका वर्गलाई स्वास्थ्य शिक्षा दिनु आवश्यक छ ।
  • उच्चमावि र क्याम्पसका विद्यार्थीलाई पढाउन मिल्ने सामग्री पनि आओस् ।
  • भलाकुसारी द्वैमासिक  र महिला स्वास्थ्य त्रैमासिक लाई समुदाय स्तर सम्म लैजानु पर्छ जसले गर्दा समुयायको स्वास्थ्यका बारेमा समेत जानकारी लिन सकिन्छ ।
  • समाज, घरपरिवारको हिंसाले गर्दा पनि महिला अस्वस्थ छन् ।
  • स्वास्थ्य संस्था मार्फत महिला स्वास्थ्य स्वयंसेविकाहरूले गाउँघर समुदाय स्तरमा पत्रिकामा भएका बिषय बस्तुबारे छलफल तथा जानकारि गराउँदा यसको प्रभावकारीता बढ्ने । 
  • सवैको पहुँचको सुनिश्चितता गर्नुपर्ने, लक्षितवर्गको पहिचान गर्नुपर्ने, व्यवहार परिवर्तन भए नभएको मुल्याङ्कन गर्नुपर्ने । 

No comments yet. Be the first one to comment.

लोकप्रिय

नयाँ अपडेट

अमेरिकाको जोन्सन खोप र चीनको भेरोसिल खोपमा के फरक छ ?
नेपालमा पनि कालो ढुसीको सङ्क्रमण देखा पर्न थाल्यो
पूर्व स्वास्थ्यमन्त्री गगन थापा भन्छन् – सरकारी खर्चले विदेशमा उपचार गर्न पाइँदैन, जुन कानून विपरीत
दाँतको उपचार महङ्गो, रोकथाम सस्तो
आर्या केयर अस्पतालमा सुत्केरी बन्धक

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution