आयुर्वेदिय चिकित्सा पद्धतिमा लोप हुन लागेका विषयहरू

आयुर्वेदिय चिकित्सा पद्धतिमा लोप हुन लागेका विषयहरू

कुनै समय हाम्रो देश आयुर्वेद शास्त्रको आफ्नै सिद्धान्त र आफ्नै साधनामा सम्पन्न थियो । चिकित्साका हरेक क्षेत्रमा मौलिक अनुसन्धानहरू भएका थिए । वैद्य समाज आफ्नो अध्ययन र कर्तव्यपालनामा दत्तचित्त थियो । हाम्रो हावापानीको माटोले चाहिने औषधी द्रव्यहरू जुटाएका थिए । 

तर अनेक ऐतिहासिक कारणहरूले गर्दा आयुर्वेदिक ढङ्गको चिरफारको काम, गर्भविज्ञान, सुतिका विज्ञान, पञ्चकर्मका व्यवहारिक पक्षका युक्तिहरू, विष विज्ञान, मन्त्र चिकित्सा (भूतविद्या), बालरोग विज्ञान, द्रव्यगुण विज्ञान, रसायन विज्ञानसम्बन्धि विषयहरू दिन प्रतिदिन ह्रास हुँदै गए । वैद्य समाज नाम मात्रको चिकित्सा हुने स्थिति पैदा भयो । आयुर्वेद शास्त्रका अमूल्य ग्रन्थहरू हराउँदै गए । उपलव्ध वैद्य शास्त्रका ग्रन्थहरू पनि पढ्न सक्ने प्रवुद्ध वैद्यहरूको संख्या दिन प्रतिदिन घट्दै गए । आफ्नै देशमा उम्रने अमूल्य जडीवुटीहरूसमेत नचाहिने भयो । यस्तो अवस्थामा आयुर्वेदिय चिकित्सा पद्धतिको प्रतिष्ठा दिन प्रति दिन घट्दै जानु स्वाभाविक नै थियो ।  

अर्काे कुरा देशका जनता स्वस्थ रहुन्, निरोगी होउन् भन्ने कुरा राष्ट्रिय आंकाक्षा भित्रको कुरा हुन् । तर हाम्रो देशमा वैद्य समाज तथा परम्परागत आयुर्वेदिय चिकित्सा पद्धतिको प्रतिष्ठा यसरी दिन प्रतिदिन गिर्न लागेको अवस्था देखा परेता पनि राष्ट्रिय समस्याको मूल्यांकन गर्ने निकायहरू यस दुर्भाग्यपूर्ण स्थितिलाई राष्ट्रिय समस्याको रुपमा सोच्न तत्पर भएको देखिंदैन । किन्तु यसको ठाउँमा विदेशी चिकित्सा पद्धतिलाई प्रश्रय दिने दिशामा अधिक तत्पर भएको देखिन्छ । सामान्य व्यक्तिको हैसियतले सोच्ने वेला यस्तो कुरा बेठिक जस्तो लाग्ने कुरा छैन । किनभने कुनै पनि विरामीको लागि स्वास्थ्य लाभ गर्ने कुरा चाहिएको छ नकि देश र विदेशी चिकित्सा पद्धतिको ममता ।

जव जव कुनै पनि स्वतन्त्र राष्ट्रको स्वाभिमान र राष्ट्रियस्तर उठ्न थाल्दछ, त्यसबेला जनताको  मनो भावनामा पनि एक प्रकारको अभिमान उठ्नु स्वाभाविक हुन आउँछ । यस्तो अभिमान राष्ट्रियताको प्रतिक मानिन्छ । यस्तो अवस्थामा यदि आफ्नो राष्ट्रको परम्परागत ज्ञानविज्ञानका कुराहरूमा स्थिलता आएको छ भने तथा त्यो ज्ञानविज्ञानका कुराहरूलाई आत्मासाथ गर्ने देशका कुनै वर्ग या व्यतिm क्षीणहीन अवस्थामा छ भने राष्ट्रिय स्वाभिमान भएको प्रवुद्ध व्यतिmको लागि यस्ता कुराहरू सह्य हुने छैन्न ।

वास्तविक दृष्टिकोणले सोच्ने नै हो भने वर्तमान अवस्थामा हाम्रो देशको स्थिति अवश्यमेव माथि उठेको छ । जनताको मनोभावनामा राष्ट्रियताको ममता जाग्रत भएको छ । प्रवुद्ध जनसमाजको मनमा आफ्नो देशको परम्परागत ज्ञान विज्ञानका कुराहरूको खोजिनिति गर्ने जिज्ञासा बढेको छ । यस्तो अवस्थामा हाम्रो राष्ट्रिय परम्परागत आयुर्वेदिय चिकित्सा पद्धतिको प्रतिष्ठामा जुन कारणहरूले गर्दा ह्रासको स्थिति देखा परेको छ त्यको निराकरण  ढिलो या चाडो अवश्यमेव हुने छ ।यसमा शंका गर्नु पर्ने कुरा छैन किनभने आयुर्वेदिय चिकित्सा पद्धतिमा मात्रै केहि ह्रासको वातावरण देखा परेको छ नकिन्तु आयुर्वेद शास्त्रप्रति । आयुर्वेद शास्त्र आफ्नै मौलिक सिद्धान्त र साधनले समपन्न छ, अत्यनत जटिलसे जटिल रोग निको गर्न समर्थ छ भन्ने कुरा सर्व विदित छ ।

तर जहासम्म हाम्रो राष्ट्रिय चिकित्सा पद्धतिको प्रतिष्ठामा देखा परेको ऐतिहासिक उपेक्षालाई सच्याउने कुरा छ, यस सन्दर्भमा सर्वप्रथम नेपाल सरकारले आफ्नो देशको परम्परागत ज्ञान विज्ञानको ह्रासलाई राष्ट्रिय क्षतिको रुपमा मूल्यांकन गर्नु अत्यावश्यक छ । यदि यस प्रकार राष्ट्रिय क्षतिको रुपमा मूल्यांकन हुन्छ भने गुम्न लागेको हाम्रो राष्ट्रिय चिकित्सा पद्धतिको प्रतिष्ठा फेरी फर्कन सक्दछ र वैद्य समाज त्यस प्रतिष्ठालाई कायम राख्न भविष्यमा समर्थ हुने छन् । 

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution