सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि अवलम्वन गर्नुपर्ने कुराहरू

सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि अवलम्वन गर्नुपर्ने कुराहरू

युवाहरू देश निर्माणका आधार स्तम्भ हुन र ऊर्जाका स्रोत हुन । युवामा रहेको अदम्य आँट र हिम्मतले देश विकासका निम्ती प्रयोग गर्न सकिएको खण्डमा देशले विकासको गतिलाई सजिलै अवलम्वन गर्न सक्छ । युवाहरूले परापूर्वक कालदेखि नै गौरवमय ऐतिहास रच्दै आइरहेको कुरा विश्व इतिहासको रंगमञ्चमा राम्रैसँग पुष्टि भएको कुरा हो । 

पौराणिक इतिहास केलाउँदा होस् या हरेक देशको क्रान्ति र आन्दोलनमा होस् युवाको भुमिका सशक्त ढंगले नै सम्भव भएको दृष्टान्त हामी माझ छ । यस्ता सशक्त भूमिका निभाउने युवाहरूलाई कमजोर बनाउनकै लागि एउटा पक्ष जो पैसा मात्र कमाउने ध्याउन्नामा रहेका छन् , उनीहरूले युवालाई कमजोर पार्नका लागि कुलतमा फसाउने जालसाझी गरिरहेका छन् । 

युवा शक्तिको आम्दानीको धेरै हिस्सालाई आफ्नो भागमा पार्नका लागि सुर्तीजन्य पदार्थ र मादक पदार्थ सेवन गर्न उत्प्रेरणा दिने कार्य गरिरहेको हुन्छ । दलाल पुँजीपति वर्ग, विस्तारवादका मतियारहरू खासगरी यो क्षेत्रमा लागि परेका हुन्छन् । यसर्थ युवा जोश र जाँगरलाई सिथिल पार्ने सुर्तीजन्य पदार्थको नियन्त्रण गर्नु प्रत्येक सच्चा नागरिकको कर्तव्य हो। शुरुमा सुर्ती सेवन गर्ने लत बसाइ लागू औषध सेवन गराउने योजना काला व्यापारी वर्गको रहेको हुन्छ । 

नेपालमा सुर्तीजन्य पदार्थको प्रचलन करिब ३५० वर्षअघि देखि तमाखु खाने लतको रूपमा भित्र्याइएको थियो । त्यतिबेला यो लत दरवार र कुलिन घरानामा मात्र सिमित थियो । भारतमा वृटिस साम्राज्यको दबदबापछि खासगरी सुगौली सन्धि र पछि जंगबहादुरको युरोप भ्रमणपछि चुरोट पिउने, खैनी खाने र सुती (जर्दा) युक्त पान खाने प्रचलन नेपालमा भित्रियो । प्रथम विश्वयुद्धपछि फर्केको लाहुरेहरूले सुर्तीजन्य लतको संस्कृति नेपालको पहाड कन्दराका घर झोपडीसम्म पु¥याए । द्वितीय विश्वयुद्धपछि त यो क्रम झन् बढ्दै गयो । नेपालमा सुतीको प्रयोग तमाखु, चुरोट, विडीँ, कंकड, सूल्पा, खैनी, जर्दावाल पान तथा सुपारी आदिको रूपमा हुनेगरेको छ । अहिले सवैभन्दा बढी प्रचलनमा भनेको चुरोट, विडीँ र खैनी र सुती मिसिएको सुपारी सेवन आएका छन् । 

तत्कालिन समयमा सम्पन्न र शक्तिशाली नेपालको अहिलेको अवनतीको कारण नेपालमा भित्रिएको सुर्तीजन्य विकृति पनि एक हो भनी मान्न सकिन्छ । यस विकृतिसँगै आएको राज्य–शक्तिको नयाँ मापदन्डले नेपालको परम्परागत मूल्य, मान्यता र शक्ति सन्तुलनलाई खल्वल्याएर विदेशी संस्कृति, मूल्य र मान्यताको प्रभुत्वलाई कायम ग¥यो । यसरी सुर्तीजन्य पदार्थ सेवन नेपाली जनजीवन खासगरी ग्रामीण क्षेत्रका जनजीवनसँगै व्यावहारिक रूपले संस्कृति र परम्परासँग गाँसिन गयो । पाहुनाहरू आउँदा, भेटघाट हुँदा, भोज भतेरमा, युवायुवतीहरूको मायाप्रितीको खेलहरूमा चुरोट, विडीँ र सुतीजन्यवस्तु सजिलो संवाद चलाउने बस्तुको रूपमा स्थापित हुदै गयो । परिवर्तित मुल्य मान्यताको नेपाली जनताको स्वास्थ्य र जीवनस्तरमा परेको असर मापन गर्ने सजिलो र स्पष्ट ९म्ष्चभअत० नभए पनि ऐतिहासिक परिवन्दले भोग्नु परेको गरिबी र किंकर्तव्यविमुढताले स्वास्थ्यमा पार्ने असरहरूबाट अन्दाज भने गर्न सकिन्छ ।

अहिले विश्वमा १ अर्ब १० करोड भन्दाबढी व्यक्ति धुम्रपानको सिकार भएका छन् र यसको कारण १ वर्षमा १० लाखको ज्यान लिने गरेको छ । नेपालमा ४१ लाखभन्दाबढी व्यक्ति धुम्रपानको सिकार भएका छन् भने यसको कारण वर्षेनि १६ हजार भन्दा बढीको मृत्यु हुने गरको छ । यसमा खैनी, पान मसला र अन्य सुर्तीजन्य सेवनको असर थप्ने हो भने नेपालमा यो मृत्युदर ज्यादै धेरै हुने कुराको अनुमान गर्न सकिन्छ । यद्यपि पछिल्लो आँकडा प्राप्त छैन । सहरी क्षेत्र र शिक्षित समाजमा धुम्रपान र सुर्तीजन्य बस्तुको सेवन औसत प्रतिशतमा केही घटेको भए पनि ग्रामीण क्षेत्रमा बढ्दै गएको छ । विश्व स्वास्थ्य संघको अनुमान अनुसार एसियामा मात्र प्रतिदिन ५० हजार किशोरले धुम्रपान सुरू गर्दछन् । सर्वेक्षणअनुसार सुरू गर्नेहरूलाई सवैभन्दा बढी प्रभाव पार्ने क्रमशः विज्ञापन, परम्परागत सेवा र संस्कृति र साथीभाईसंगको सरसंगत वा वयस्कहरूको आग्रह हुन् । 

सुर्तीजन्य बस्तुहरूले मानव–स्वास्थ्य, पशुपक्षी र पर्यावरणमा धेरै हानी पु¥याउँछन् । त्यसैले चुरोट र विडीँलाई विषको खिली ९एयष्कयल क्तष्अप० र पानमसाला, खैनी र अन्य सुर्तीजन्य बस्तुलाई विषको पुडिया वा विस्तारै सास्ति दिएर मार्ने विष वा मन्दविष (क्यिध उयष्कयल) हुन् भनी भन्न सकिन्छ । यसैगरी चुरोटलगायत सुर्तीजन्य बस्तुहरूलाई मानिसको शरीर र मनलाई अत्यन्त नराम्रोसँग वशीभूत गर्ने मादकपदार्थ ९ब्ममष्अतष्खभ क्गदकतबलअभ० भनिनु पर्छ । चुरोटले मानिसको विचार गर्ने शक्ति, चिन्तन र मनन गर्ने क्षमता, सिर्जनशिलतालाई अपरोक्षरूपमा हानी गर्ने गरेको हुन्छ जुन प्रत्यक्षरूपमा सरोकारवालाले थाहा पाउन सक्दैन । चुरोटले एकाग्रता बढाउछ, पीर हटाउँछ र आनन्द दिन्छ भन्ने प्रचार झुठ र भ्रामक हो । यसले यौन क्षमतामा ह्रास ल्याउने, प्रजनन् अंगमा हानी पुर्याउने, छालामा विभिन्न रोग लगाउने, छाला चाउरी बनाउने, तालु खुइलाउने, मुखको क्यान्सर गराउने गर्दछ । 

चुरोट तथा सुर्तीजन्य बस्तुहरूले गर्ने हानीलाई अन्य विषहरू ९उयष्कयलक० र मादक पदार्थहरू ९ब्ममष्अतष्खभ क्गदकतबलअभक० संग दाज्ने हो भने हो भने सुर्तीजन्य बस्तुहरूलाई पनि अन्य विषहरू ९एयष्कयलक० र मादक पदार्थहरू ९ब्ममष्अतष्खभ क्गदकतबलअभक० विरूद्ध निर्माण गरिएका नियम–कानुन र नियन्त्रणात्मक कदम स्वभाविक रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा लागू गर्नु पर्ने हो । तसर्थ उपरोक्त कानुन अनुरूप सुर्तीजन्य पदार्थ पैदा गर्ने, उत्पादन गर्ने, विक्री वितरण गर्ने, प्रचार प्रसार गर्ने र उपयोग गर्ने गराउनेलाई सजाय र उनीहरूबाट उचित क्षतिपूर्ति दिलाउने व्यवस्था पनि स्वभाविक रूपमा हुनु पर्ने हो । 

सुर्तीजन्य बस्तु खासगरी चुरोट, विडीँ, तमाखु, कंकडको सेवन गर्नेहरूले आफ्नो मन र शरीरलाई मात्र रोगी बनाएका वा हानी पु¥याएका छैनन् सँगै बस्ने–सुत्ने सहचरी, परिवार र समूदायलाई पनि त्यतिकै रोगी बनाउने र हानी पु¥याउने गर्छन् । चिकित्सकहरूका अनुसार अरूले गरेको धूमपानको धूँवा  ९एबककष्खभ क्mयपष्लन० को कारणले आमा खास गरी गर्भवती आमाले पिउने चुरोट र सुर्ति उपयोगले, गर्भपतन, सानो जिउडाल भएको बच्चा जन्मने, समयभन्दा अघि जन्मने, बच्चा छाती÷मुटुको रोगले बढी पीडित हुने, बच्चाको सामान्य वृद्धि दरमा वाधा पु¥याउने र बच्चाको क्यान्सर बढी हुने सम्भावना हुने हुन्छ । तसर्थ सुर्तीजन्य बस्तुहरू सेवन नगर्ने व्यक्तिहरूको स्वास्थ्यमा हानी पुर्‍याउने गरी कसैले पनि मानव अधिकारको हनन गर्न पाइन्न, मानव अधिकारको सर्वमान्य सिद्धान्तलाई सवैले स्मरण गर्नु पर्दछ । चुरोट खानेको चुरोट खान पाउनु “मानव अधिकार” हो भन्ने कुतर्कको आधारमा चुरोट नखानेको अधिकार कुण्ठित पार्ने भन्ने हुदैन । यसका अतिरिक्त चुरोट र सुर्तीको उत्पादन, उपयोग्य र विसर्जन सवै अवस्थामा यसले अन्य वालीनाली र पर्यावरणमा गम्भीर र हानीकारक असर परिरहेको हुन्छ । तसर्थ चुरोट (धुम्रपान) र सुर्तीजन्य बस्तुको सेवन गर्ने संस्कृतिलाई नै समाप्त पार्न र सो सेवनलाई दुरूत्साहन गर्न युवा वर्गले नै धेरै कुराको अवलम्बन गरिनु आवश्यक छ । 

चुरोट र सुर्तिजन्य  सवैलाई हाम्रो संस्कृति र व्यवहारबाट अलग्याउन आन्दोलनकै स्तरमा प्रचारप्रसार गर्न सवैले सहभागीमूलक प्रतिवद्धता जनाई क्रियाशिल भई अग्रसर हुनुपर्छ । यी बस्तुहरू सरकारी, सामाजिक वा कुनैपनि पारिवारिक समारोह र भोज भतेरहरूमा बहिस्कृत हुनुपर्छ । 

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले निदिष्ट गरेका सार्वजनिक स्थलमा तत्काललाई सुर्तीमुक्त क्षेत्र घोषणा गरिनुपर्दछ । चुरोट र सुतीले पैदा गर्ने विरामी र मृत्युको क्षतिपूर्ति कम्पनीले आफ्नै कोषबाट व्यहोर्ने कानुन बनाई लागू गर्नु पर्छ । त्यस्तै सार्वजनिक क्यान्सर र मुटु अस्पतालको घटिमा २५ प्रतिशत खर्च यी कम्पनीबाट व्यहोर्न लगाउनु छुट्टै व्यवस्था गर्नु पर्छ ।

बाहिरबाट निकासी गर्ने चुरोट र सुर्तीजन्य बस्तुको दुरूत्साहनको लागि विलाशिता सामग्री भन्दा दुई गुणा भन्सार र कर लगाउनु पर्छ । यसैंगरी सुर्तीजन्य पदार्थमा प्रगतिशिल कर लागू गरिनु पर्दछ र पत्येक वर्ष कर वृद्धि गरी रोग र मृत्यु घटाउने वातावरण बनाउनुपर्दछ ।  सुर्तीजन्य पदार्थमा वर्षेनी कर वृद्धि गरी सोबाट आर्जित राजश्व क्यान्सरजस्ता सुर्तीकारक रोगको निःशुल्क उपचारमा खर्च गराउन सरकारलाई घच्घच्याउनु पर्दछ । यसैंगरी चुरोट विडीँ बनाउने कुनै पनि नयाँ कारखानालाई लाइसेन्स वा अनुमति दिने कार्यमा रोक लगाउनु पर्छ र भएको कारखानालाई उत्पादन गर्न पाउने कोटा बर्षै पिच्छे घटाउदै लगेर १५ वर्षभित्र उत्पादन गर्न रोक लगाउनु पर्छ । चुरोट र सुर्तीको अम्मल छाड्नेहरूको एसोसिएसनहरू बनाउन सहयोग गरी उनिहरूलाई यसको विरूद्ध आन्दोलनमा उतार्नु पर्छ । चुरोट छाड्दा भएको लाभ र अनुभव सार्वजनिक गरी प्रचारप्रसार गर्न उत्प्रेरित गर्नुपर्छ । 

(लेखिका स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल भक्तपुरकी संयोजक हुन्)

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution