स्वास्थ्य अधिकार वर्ष पुस्तक

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले दक्षिण एसियामा नै पहिलो पटक स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन गर्दैछ । २०७६ सालको वैशाखमा प्रकाशन गर्ने सो पुस्तकका लागि देशभरका ५८ जिल्लामा स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालका प्रतिनिधिहरुले स्वास्थ्य अधिकार हनन् सम्वन्धि घट्ना अध्ययन र संकलन गरिरहेका छन् । हरेक वर्ष प्रकाशन गरिने सो पुस्तकमा स्वास्थ्य अधिकार हनन् भएका घट्नाका अलावा स्वास्थ्य क्षेत्रमा प्रगति गरेका र नमुना कुराहरुलाई पनि समाविष्ट गरिनेछ । 
 
स्वास्थ्य अधिकार
स्वस्थ हुन पाउनु प्रत्येक मानवको नैसर्गिक अधिकार हो । विश्व स्वास्थ्य संघले उपयुक्त स्वास्थ्य सेवा पाउने अधिकारलाई आधारभूत मानव अधिकारको रुपमा व्याख्या गरेको छ । स्वास्थ्य अधिकारलाई हामी प्रायः स्वास्थ्य परिक्षणसम्मकोे पहुँच र स्वास्थ्य चौकीको निर्माणसँग मात्र जोड्ने गर्छाैं । स्वास्थ्य अधिकारको यो एउटा बलियो पक्ष पनि हो । तर स्वास्थ्य अधिकार यतिमा मात्र सीमित छैन । यसमा धैरै अरु पक्षहरु पनि समावेश छन् ।जस्तैः 
 
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार
  • सुरक्षित खानेपानी
  • सरसफाइ
  • स्वस्थ रोजगार
  • स्वास्थ्य शिक्षा र संचार
 
नेपालको संविधानको धारा ३५ मा गरिएको व्यवस्था
१. प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैंलाई पनि  आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन । 
२. प्रत्येक व्यक्तिलाई आफनो स्वास्थ्य उपचारको सम्वन्धमा जानकारी पाउने हक हुनेछ ।  
३. प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ । 
४. प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ । 
ड्ड जनताको शारिरीक, मानसिक, सामाजिक हित गर्नु  प्रत्येक राज्यको दायित्व हो । 
 
विश्व स्वास्थ्य संगठन 
ड् जनताको स्वास्थ्य अधिकार सुनिश्चितता गर्ने दायित्व सरकारको हो ।
सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारसम्बन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र धारा १२   
 
लेैङ्गिक संंवेदनशीलता र गुणात्मक स्वास्थ्य सेवामा समानुपातिक पहुँचमा देखा परेका असमानताहरू कम गर्दै लैजानुपर्दछ ।  
 
दीर्घकालीन स्वास्थ्य योजना (२०५४–२०७४) स्वास्थ्य अधिकार सम्वन्धि आधिकारिक ब्याख्या विश्लेषण आर्थिक, सामाजिक एवं सांस्कृतिक अधिकार सम्वन्धि अन्तराष्ट्रिय अनुवन्धन २००२ को धारा १२ले स्वास्थ्य अधिकारलाई वृहत्तर रुपमा व्याख्या गर्दै राज्यले स्वास्थ्यका अलावा यसलाई असर गर्ने सफा पानी, सरसफाइ, खाना, पोषण र बासको सम्मुन्नत बन्दोबस्त गर्नुपर्ने उल्लेख गरेको छ । यी सवै व्यवस्था एकीकृत तवरले विना भेदभाव र आर्थिक रुपमा पहुँच हुने गरी जनता समक्ष पुग्नु नै स्वास्थ्य अधिकार हो भनेको छ । 
 
निःशुल्क स्वास्थ्य सेवा
“स्वास्थ्य जनताको आधारभुत अधिकार हो” भन्ने विश्वव्यापी मान्यताप्रति प्रतिवद्धता जनाउँदै सबै नेपालीहरुको लागि स्वास्थ्यको प्रत्याभूति गर्न सामाजिक आर्थिक रुपले विपन्न व्यक्ति, लिङ्ग, जाति, समुदाय र क्षेत्रका लागि निःशुल्क स्वास्थ्य सेवा लागू गरिएको छ । नेपालको संविधानमा “प्रत्येक नागरिकलाई कानूनमा व्यवस्था भए बमोजिम आधारभूत स्वास्थ्य सेवा निःशुल्क रुपमा पाउने हक हुनेछ” भनी नागरिक हकको व्यवस्था गरिए अनुरुप स्वास्थ्य सेवामा नेपाली जनताको पहँच पु¥याई स्वास्थ्य समाजको निर्माण गरी गुणस्तरयुक्त जीवन यापन गराउन यो सेवाको शुरुवात गरिएको हो । 
 
स्वास्थ्य अधिकार र अन्य मानव अधिकार बिचको सम्वन्ध 
मानव अधिकारको आधारभूत लक्ष्य भनेकै सम्मान पूर्वक बाँच्न पाउने अधिकार हो । बाँच्नको लागि स्वस्थ त हुनै प¥यो । एक स्वस्थ व्यक्तिले आफ्नो सम्पूर्ण अधिकार उपभोग ग्रहण गर्न सक्दछ । यसको मतलव स्वास्थ अधिकारले सबै मानव अधिकारलाई प्रभाव पार्छ भन्ने पक्कै होइन । यसले स्वास्थ्य अधिकार मानव अधिकारमा आश्र्रित छ भन्ने देखाउँछ । शारीरिक तथा मानसिक स्वस्थ मानिस नै सबै कार्यको लागि सक्षम हुन्छ । अस्वस्थ व्यक्ति आफू स्वयम्, घर परिवारको लागि समेत भार हुन जान्छ । यस अर्थ मानव अधिकारलाई मध्यनजर गरि समाज स्वास्थ अधिकारलाई अंगीकार गर्न‘ पर्दछ । जस्तै  काम, वास, गास र शिक्षाको अधिकारको हनन् हुनु नै गरिवीको मुख्य जड हो । स्वस्थ राज्य हुनको लागि त्यस देशको हरेक नागरिकमा शारीरिक, मानसिक र सामाजिक प्रतिष्ठाको अभाव हुनु हँुदैन । स्वास्थ्य अधिकारमाथि मानव जातीको जातीय, धार्मिक, राजनीतिक आर्थिक एवं सामाजिक भेदभावको अन्त्य भई समान रुपमा  प्राप्त गर्न पाउने आधारभूत अधिकार जस्ता कुरा पर्दछ ।
 
स्वास्थ्य अधिकार वर्ष पुस्तिका
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र र ५८ जिल्लामा रहेका स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालहरुले राज्यले उपलब्ध गराउने स्वास्थ्य सेवा उपेक्षित सीमान्तकृत जनताले समेत प्राप्त गरेको छ वा छैन भन्ने राष्ट्रिय अभियानको थालनी भएको छ । स्वास्थ्य अधिकार हनन् भएको भए सोको अभिलेख राख्ने र घट्ना अध्ययन गर्न साथीहरु लागि पर्नेछन् । सरकारले उपलव्ध गराउने निःशुल्क स्वास्थ्य सेवा, राज्यले स्वास्थ्य सेवाा दिएको सुविधा, स्वास्थ्य बीमा र आमा सुरक्षा कार्यक्रम लागू भए नभएको अध्ययन गर्ने हाम्रो पनि दायित्व रहेको छ । यसका साथै स्वास्थ्य उपचारका क्रममा स्वास्थ्य संस्थाले गरेका अन्यायोचित विषयवस्तुको पनि अभिलेख राखिनेछ । स्वास्थ्यकर्मीले गरेका दुव्र्यवहार र स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहारको पनि अभिलेखन गरिनेछ । यी सम्पूर्ण अभिलेखहरुको संगालोको रुपमा हरेक वर्षको वैशाखमा स्वास्थ्य अधिकार वर्ष पुस्तिका प्रकाशन गर्ने लक्ष्य लिई अगाडि बढेको छ । 
 
उद्देश्य
  • अहिलेको स्वास्थ्य सेवाको बास्तविक स्थितिको बारेमा   जानकारी लिने ।
  • राष्ट्रले प्रदान गरेको स्वास्थ्य सेवाको ताकत तथा  कमजोरीलाई पहिचान गर्ने ।
  • स्वास्थ्य क्षेत्रमा भइरहेको राम्रो र उदाहरणीय कार्यको अभिलेख संकलन गर्ने
  • जनताले पाउनु पर्ने स्वास्थ्य अधिकार प्रत्याभुती गर्न ।
  • जनताले कुनै भेदभाव बिना निः शुल्क स्वास्थ्य सेवामा  पहुँच भयो कि भएन बुझ्न ।
घट्ना अध्ययन कसरी गर्ने ?
  • स्वास्थ्य अधिकार हनन् भएको जानकारी कहिं कतैबाट सामान्य रुपमा मात्रै उपलव्ध हुने वित्तिकै फोन गरेर वा नजिकैको चिनजानको व्यक्तिसँग क्रस चेक गरेर बुझ्ने ।
  • स्वास्थ्य अधिकार हनन् भएको हो भन्ने कुरा यकिन भएपछि पीडितसँग वा उसको परिवारसँग सम्पर्क गर्ने 
  • घट्नास्थल पुगेर पीडितसँग अन्तर्वार्ता गर्ने । यसअघि पीडितलाई ढाडस दिंदै घट्नाको विवरण लिने ।
  • घट्ना अध्ययन फारममा उल्लेख भएबमोजिम घट्नाको विवरण टिप्दै जाने । 
  • घट्ना विवरण फारम भर्दा सकेसम्म अडियो वा भिडियो रेकर्ड पनि गर्ने ।
  • घट्ना विवरणभन्दा वढी सूचना नोटबुकमा उल्लेख गर्ने ।
  • घट्नासँग सम्वन्धित कागजातहरु, टिकट, प्रिस्क्रिप्सनहरुको फोटो लिने ।
  • पीडितले बोल्न नचाहेमा वा नसकेमा बलजफ्ती नगर्ने । 
  • पीडितसँग अनुमति लिइ आफन्तमार्फत भए पनि घट्ना विवरण संकलन गर्ने । 
  • घट्नासँग सम्वन्धित समाचार र विवरण सहि भए नभएको तथ्यांक दोस्रो माध्यमबाट पनि संकलन गरी भेरिफाइ गर्ने ।
  • पीडितसँग अन्तर्वार्ता गरिसकेपछि आरोपित स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग पनि अन्तर्वार्ता गर्ने । 
  • संकलित सम्पूर्ण तथ्यांकहरु ठिक भए नभएको पुनः चेक गर्ने ।
  • तथ्यांकहरु ठिक भएको स्पष्ट भए पछि स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल, मानवअधिकावादी र समन्वयकर्ताहरुको वैठक बसी फारमलाई पुनः एकचोटी चेक गर्ने ।
  • घट्नासँग सम्बन्धित फारम क्षेत्रीय कार्यालयमार्फत प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक)मा पठाउने । 

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution