क्यान्सर रोग निको हुन्छ

क्यान्सर रोग निको हुन्छ

विश्वमा हाल क्यान्सर रोगीहरूको संख्या दिनहुँ वढि रहेको छ । क्यान्सर सरुवा रोग होइन र यो रोग लाग्ने मुख्य कारणहरूमा हामीले खाने अस्वस्थकर खानपान, रहनसहन र वातावरणिय प्रदुषणले गर्दा हुन्छ । त्यसैले यी कुराहरूमा सुधार गर्न सकियो भने ५० प्रतिशत क्यान्सरलाई रोकथाम गर्न सकिन्छ । ३३ प्रतिशत क्यान्सरलाई शुरुको अवस्था पत्ता लगाएर निको पार्न सकिन्छ । सवैले वुझ्न पर्ने कुरा के छ भने आज भन्दा केहि वर्ष अगाडिसम्म क्यान्सर रोगको उपचार गर्ने अत्याधुनिक मेसिनहरू र नयाँ औषधिहरू उपलव्ध नभएकोले क्यान्सर लागे पनि विरामीहरू अकालै मर्ने गरेको थियो । तर हाल क्यान्सर रोग शुरुको अवस्थामा पत्ता लगाएर उचित उपचार गरेमा धेरै क्यान्सरहरू निको हुन्छ । 
 
विश्व स्वास्थ्य संगठन GLOBOCAN (WHO) को तथ्याङ्कअनुसार हाल विश्वमा ३ करोड २६ लाख क्यान्सर रोगी छन् । विश्वमा करिव १ करोड ४१ लाख नयाँ क्यान्सर बिरामीहरू र करिव ९० लाख व्यक्तिहरूको मृत्यु हुने गरेको छ । सन् २०२५ सम्ममा वढेर १ करोड ९३ लाख नयाँ क्यान्सर रोगीहरूको संख्या देखिने अनुमान गरिएको छ । विकसित देशहरूमा क्यान्सर रोगबाट मृत्यु हुनेहरूको संख्या मुटुको रोग पछि दोस्रो स्थानमा आउँछ भने विकासशिल देशहरूमा तेस्रो स्थानमा आउँछ । क्यान्सर रोग वढि देखिने देश अनुसार फरक हुन्छ । जस्तैः जापानमा आमाशयको क्यान्सर, चीनमा कलेजोको क्यान्सर, अष्ट्रेलियामा छालाको क्यान्सर, नेपालमा फोक्सोको क्यान्सर छ । 
 
नेपालमा क्यान्सर रोगको समस्या निकै नै वढि रहेको देखिएको छ । विश्व स्वास्थ्य संघकाअनुसार हाम्रो देशमा वर्षेनी नयाँ क्यान्सर रोगीहरू ३५–४० हजार हुने र हाल करिव ९०,००० भन्दा वढि क्यान्सर रोगीहरू रहेको अनुमान गरिएको छ । वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालको समन्वयमा काठमाडौको वीर, शिक्षण, कान्ति वाल, निजामती, पाटन, प्रसुती, वीरेन्द्र सैनिक, भक्तपुर क्यान्सर अस्पताल, धरानको वि.पि.कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स, पोखराको मणिपाल मेडिकल कलेज, कोहलपुर मेडिकल कलेज, नेपालगञ्ज र यस अस्पतालसहित १२ वटा अस्पतालहरूको क्यान्सर विरामीहरूको तथ्यांक हेर्दा पुरुषहरूमा फोक्सो, आमाशय, ल्यारेंक्स, पिसाव थैली र दिसा गर्ने नली र महिलाहरूमा पाठेघर मुख, स्तन, फोक्सो, डिम्वासय र आमाशयको क्यान्सर वढी देखिएको छ । 
 
१२ वटा अस्पतालहरूको क्यान्सर विरामीहरूः 
जम्मा क्यान्सर विरामी संख्या : ९,०३६ 
क्यान्सर रोग के हो ?
हाम्रो शरीरको विभिन्न अंगहरूमा रहेको कोष कोषिकाहरू मध्ये दिनहुँ केहीको वृद्धि हुने, नयाँ बन्ने र मर्ने कार्यहरू भइरहेका हुन्छन् । सामान्य अवस्थामा यी नयाँ बन्ने कोष कोषिकाहरूको वृद्धि नियन्त्रण भित्र रहेर वृद्धि हुने कोष कोषिकाहरूको आकार र काम पनि मिल्दो जुल्दो हुन्छ । तर यसमा खराबी आउन गई कोष कोषिकाहरूको वृद्धि अनियन्त्रित र असमान्य रुपमा भएर बिस्तारै स–साना गिर्खा (Tumor) बन्दछन । यी गिर्खाहरू २ प्रकारका हुन्छन : 
 
१. Benign Tumor कोष कोषिकाहरूको वृद्वि असमान्य, अनियन्त्रित र अनावश्यक रुपमा भएर बिस्तारै स–साना गिर्खा (Tumor) वन्दछ, जुन अरु अंगलाई नोक्सान नगर्ने र अन्यत्र नसर्ने किसिमका हुन्छ जसलाई Benign Tumor भनिन्छ । जस्तै कोठी, मुसा तथा छाला भित्र हुने बोसोका डल्ला lipoma आदि । 
 
२. Malignant Tumor: शरीरको कुनै पनि अंगको कोष कोषिकाहरूको वृद्वि असमान्य, अनियन्त्रित र अनावश्यक रुपमा भएर स–साना गिर्खा ९त्गmयच० वन्दछ, जसले नोक्सान गर्छ र एक अंगबाट अर्का अंगमा सर्न सक्ने दुर्गूण भएका हुन्छ । यस प्रकारका गिर्खाहरूलाई Malignant Tumor:,Malignant Neoplasm or Cancer र नेपालीमा अर्बुदरोग भनिन्छ । रगतको क्यान्सरमा भने गिर्खा नभई रक्त कोषिकाहरूमा असामान्य परिवर्तन हुन्छ । 
 
क्यान्सर रोग लाग्ने कारणहरू (Causes of Cancer)
यो रोगका सबै कारणहरू थाहा हुन नसके पनि करिव ९० प्रतिशत बाह्य कारणहरू (Exogenous factor) ले गर्दा लाग्दछ । जसमा अस्वस्थकर खानपिन, रहनसहन र वातावरणीय प्रभाव प्रमुख रूपमा रहेको छ । त्यसबाहेक करिव १० प्रतिशत आन्तरिक कारणहरू ९भ्लमयनभलयगक ाबअतयच० मा उमेर, लिंग, जाती आदि पर्दछन् ।
 
क्यान्सर लाग्ने निम्न कारणहरू प्रमुख हुन्छन्ः
 
वाह्य कारणहरू (Exogenous Factors)
क) सुर्तीजन्य पदार्थको सेवन गर्नालेः 
सुर्ती वा सुर्तीबाट बनेका पदार्थहरू जस्तैः चुरोट, बिडी, तमाखु, खैनी, सुर्ती, धुँवा बनाएर वा चपाएर खाने आदिको सेवनलेजिव्रो, ओठ, गिजा, गाला, स्वासनली, फोक्सो, आमाशय, मुत्रनली, मिर्गौला, गर्भाशय लगायत शरीरका अन्य अङ्गहरूको पनि क्यान्सर हुन्छ । 
 
सुर्तीजन्य पदार्थहरूमा ४ हजार भन्दा बढी प्रकारका रासायनिक तत्वहरू हुन्छ । यसमध्ये करीव ४० प्रकारका रासायनिक तत्वहरूले जस्तै कार्वन मनोक्साइड, हाइड्रोकार्वन ,फर्मलडिहाइड, एसिटोन, क्याडमियम, नाइट्रोजन अक्साइट, हाइड्रोजन साइनाइड आदिको खराव असरले विभिन्न रोगहरू लाग्नका साथै क्यान्सर गराउँछ भन्ने कुरा प्रमाणित भई सकेको छ । यसका साथै यसमा पाइने टारले दाँत, ओठ, गिजा, जिब्रो र हातका आंैलाहरूमा पहेंलो दाग वसाई दिन्छ । निकोटनले यसको लट वसालि दिने हुनाले छोड्न सकिंदैन । चुरोट, बिडीको धुवाँको असरले (Passive smoking) वरीपरि बस्ने अन्य व्यक्तिहरूलाई पनि क्यान्सर तथा अन्य रोगहरू लाग्न सक्दछ । 
 
सुर्तीजन्य पदार्थको सेवन गर्भवती महिलाहरूले गरेमा गर्भ तुहिने, कम तौलको बच्चा जन्मने, जन्मजात विकृति देखापर्ने, समय नपूगी जन्मने आदि खतरा देखा पर्न सक्छ । सुर्ती सेवनबाट क्यान्सर रोगका साथै मुटूसम्बन्धी रोगहरू, पेट सम्बन्धी रोगहरू साथै फोक्सो सम्बन्धी दम, ब्रोकाइटिस आदि रोगहरू पनि लाग्दछ । 
 
ख. जाँड, रक्सीको सेवन गर्नाले :
जाँड, रक्सीको अत्यधिक सेवन गर्नाले मुख, अन्ननली, आमाशय, आन्द्रा र कलेजोका साथै अन्य अङ्गहरूको क्यान्सर हुन सक्दछ । जाँड, रक्सीका साथै सुर्तीजन्य पदार्थको सेवन गरेमा क्यान्सर हुने सम्भावना झन बढी ह¬न्छ । 
 
ग. अस्वस्थकर खानपिनको प्रयोग गर्नाले :
क्यान्सर लाग्ने कारणहरूमा करिव ३५ प्रतिशत अस्वस्थकर खानपानले गर्दा हुने गरेको छ । 
 
किटनाशक औषधि र रासायनिक मलहरूको प्रयोग भएको तरकारी, फलफुल, सागपातहरू र अन्नहरूको सेवनले पनि क्यान्सर गराउन सक्छ ।
बासी, सडेगलेको र ढ¬सी परेको खानेकुरामा हानीकारक रसायनिक तत्व बबितयहष्ल ह¬न्छ जस्ले क्यान्सर गराउँछ । 
 
हानिकारक रङ्गहरू मिसाइएको विभिन्न खानेक¬राहरू र मिठाइहरू खानाले साथै डढेको, पोलेको, तथा बोसोयूक्त मासु खानाले आमाशय, आन्द्रा,कलेजो,पित्तथैली आदिमा क्यान्सर लाग्न सक्दछ । 
 
नुन धेरैे खाएर तुरुन्त हानी गर्दैन तर केहि समय पछि यसमा भएका नाइट्रेट ल्ष्तचबतभ ले फोक्सो, किडनी र अन्य अंगहरूमा पनि नराम्ररी असर गर्न थाल्छ । यसका साथै आमाशयको पत्रहरूलाई क्षति पु¥याई ज्।एथययिचष् जस्ता द्यबअतभचष्ब को संक्रमण भएर क्यान्सर समेत हुन सक्छ ।
 
घ. विकिरणको अत्यधिक प्रभाव पर्नाले :
अत्यधिक मात्रामा Ionizing Radiation को प्रभाव, वातावरणीय विकिरण, Solar Radiation साथै X-ray,CT-Scan जस्ता उपकरणबाट निस्कने विकिरणको प्रभाव अत्यधिक मात्रामा भएमा रगत, छालाको साथै अन्य अङ्गहरूको क्यान्सर ह¬न सक्दछ । 
 
ङ. वातावरणीय र व्यावसायिक प्रदुषणको असर पर्नाले :
सवारी साधन र कलकारखानाबाट निस्कने ध¬लो र ध¬वाँको असरले, प्रदुषित हावा, पानी र वातावरणमा पाइने Benzene, Arsenic, Cadmium, Chromium,
Asbestos, Polycyclic hydrocarbon, Vinyl Chloride जस्ता हानिकारक तत्वहरूले शरीरको विभिन्न अङ्गहरू जस्तै फोक्सो, घाँटी, पेट, आन्द्रा आदिको क्यान्सर गराउँछ ।
 
च. भाइरसको संक्रमणको कारणले :
विभिन्न प्रकारका भाइरसहरू जस्तै Human Papilloma Virus को संक्रमणको कारणले गर्भाशय मुखको क्यान्सर, Hepatitis 'B' Virus को संक्रमणले कलेजोको क्यान्सर, Epstein-Barr Virus  ले श्वासनली र ग्रन्थी सम्बन्धी (Nasopharynx and Lymphoma) को क्यान्सर गराउँछ । 
 
छ. व्याक्टेरीयाको संक्रमणको कारणले :
ज्भष्अियदबअतयच एथयिचष् को संक्रमणबाट आमाशयको क्यान्सर हुनुसक्छ ।
 
ज. परजीवीकोे कारणले ः:
पिसावथैलीमा क्यान्सर क्अजष्कतयकयmष्बकष्क जस्ता परजीवीको संक्रमणका कारणले हुन्छ ।
 
भित्री कारणहरू ९भ्लमयनभलयगक ँबअतयचक०
 
१. व्यक्तिगत कारणहरू ९एभचकयलब िाबअतयचक०स्
क. उमेर ः केही क्यान्सर कम उमेरमा लागेता पनि जति उमेर बढदै जान्छ, यो रोग लाग्ने सम्भावना पनि बढेर जान्छ । 
ख. लिङ्ग ः महिलाहरूमा स्तन, डिम्वाशयको क्यान्सर र पुरुषहरूमा प्रोस्टेट, अण्डकोषको क्यान्सर हर्मोनको गडबढीका कारणले हुन्छ । 
ग. जाती ः छालाको क्यान्सर कालो जातीभन्दा गोरा जातीहरूलाई वढि देखिएको छ ।
घ. व्यक्तिगत सरसफाइको कमी ः पाठेघर, छाला, मुख आदि अंगहरूको क्यान्सर व्यक्तिगत सरसफाइको कमीले देखिएको छ ।
ङ. धेरै बच्चा जन्माउने महिलाः पाठेघर मुखको क्यान्सर धेरै बच्चा जन्माउने महिलाहरू लाई बढी देखिएको छ ।
२. वंशाणुगत कारण ९ज्भचभमष्तबचथ०ः कतिपय क्यान्सर रोग वंशाणुगत कारणले पनि हुन्छ । जस्तैः आँखामा देखिने च्भतष्लयदबिकतयmब,ठुलो आन्द्रामा ह¬ने एयथिउयकष्क ऋयष् िर स्तन क्यान्सर ।
 
३. प्रतिरोधात्मक शक्तिको कमी ९ीयध क्ष्mmगलष्तथ० ः रोगसँग लड्ने क्षमताको कमी, मानसिक तनाव र चिन्ता आदिको कारणले शरीर कमजोर भई रोगसँग लड्ने क्षमताको कमीले पनि क्यान्सर हुन सक्दछ ।
 
४. घर्षण ९ःभअजबलष्अब िँचष्अतष्यल० ः शरीरको क¬नै पनि भागमा लगातार घर्षण भइरहेमा पनि त्यस ठाउँको कोष कोषिकामा असामान्य परिवर्तन भई क्यान्सर ह¬न सक्दछ । जस्तैः नक्कली दाँतको लगातार घर्षणले मुखको क्यान्सर ह¬न सक्दछ । 
 
५. सामाजिक र आर्थिक अवस्था ः छाला, मुख, पाठेघरको क्यान्सरहरू आर्थिक अवस्था कमजोर भएको मानिसहरूमा बढी पाइन्छ ।
 
क्यान्सर रोगका चिन्ह र लक्षणहरू ९क्ष्नल बलम क्थmउतयm या ऋबलअभच०
क्यान्सरको चिन्ह र लक्षणहरू श¬रुमा सामान्य खालका देखापर्छ र धेरैजसो मानिस रोगलाई थामथ¬म पार्नेतिर लाग्दछ । यसले गर्दा रोग बढ्दै जान्छ र विभिन्न लक्षणहरू देखापर्न थाल्दछ । यी लक्षणहरू पनि अरु रोगसँंग मिल्दो जुल्दो हुन्छ, जसले गर्दा विरामी झुक्किएर अर्कै रोगको औषधि खाई रहेको हुन्छ र पछि पत्ता लाग्दा रोग ढिलो भई सकेको हुन्छ । क्यान्सरका लक्षणहरू प्रभावित अङ्ग र फैलावट अनुसार निम्न हुन्छन ः
 
१. पाचन प्रणाली ः यस प्रणालीका अङ्गहरू मुख, अन्ननली, आमाशय, सानोआन्द्रा, ठूलोआन्द्रा, कलेजो, पित्तथैली, मलद्वारमा क्यान्सर रोग लागेमा निल्न अप्ठेरो ह¬ने, खानाखान रुची नहुने, खाना राम्ररी नपच्ने, दिसा कव्जियत ह¬ने वा पखाला लाग्ने, दिसामा रगत पटक पटक देखिने र पेट दुख्ने लक्षणहरू देखिन्छ ।
 
२. श्वास प्रणाली ः लामो समयसम्म स¬ख्खा खोकी लागिरहने, खकारमा रगत देखापर्ने, स्वर परिर्वतन ह¬ने (धोद्रो), स्वाँ–स्वाँ ह¬ने, खान निल्न गाह्रो ह¬ने, छाती द¬ख्ने आदि लक्षणहरू देखापर्छ । 
 
३. पाठेघर ः महिनावारी नहुँदा पनि रगत देखापर्ने, यौन सम्पर्कपछि रगत देखापर्ने, महिनावारी सुकि सकेका महिलाहरूको पुनः रगत आउने, महिनावारी हँ¬दा रगत धेरै बग्ने, धेरै दिनसम्म रगत बगि राख्ने, सेतो पानी निस्कने आदि असामान्य लक्षणहरू देखिन्छन ।
 
४ स्तन ः स्तनमा गाँठागुठी देखापर्ने, म¬न्टोको आकारमा परिवर्तन ह¬ने, म¬न्टोबाट रगत वा पीप मिसिएको दुध आउने र काखिम¬नी गिर्खाहरू देखापर्ने आदि लक्षण र चिन्हहरू देखा पर्दछ ।
 
५. छालाः शरीरमा भएका घाउ खटिरा धेरै दिनसम्म निको नह¬ने, शरीरमा भएको कोठी वा मुसाको आकार एक्कासी बढ्ने आदि लक्षणहरू देखापर्छ ।
 
अन्य लक्षणहरूः 
भित्रि अंगहरूको क्यान्सर लाग्दा थोरै समयमा शरीरको वजन घट्ने, भोक र निन्द्रा नलाग्ने, शरीरमा रगतको कमी देखिने, साधारण काम गर्दा पनि थकाई लाग्ने, लामो समयसम्म ज्वरो आइरहने इत्यादि लक्षणहरू देखा पर्दछ । कतिपय अवस्थामा क¬नै पनि लक्षणहरू देखा नपरे पनि न्भलभचब िजभबतिज अजभअप(गउ गर्दा क्यान्सर लागेको देखिन्छ । 
 
क्यान्सर रोगवाट वच्ने उपायहरू ९एचभखभलतष्यल या ऋबलअभच०
क्यान्सर गराउन सक्ने तत्वहरूको प्रयोग तथा सम्पर्कबाट बच्न बचाउन गरिने रोकथामका उपायहरूलाई एचष्mबचथ एचभखभलतष्यल भनिन्छ । कतिपय क्यान्सर रोग र क्यान्सर लाग्नु भन्दा अगाडिको अवस्था केहि परिक्षण गरेर पत्ता लगाउन सकिन्छ जस्लाई क्भअयलमबचथ एचभखभलतष्यल भनिन्छ । जस्तै पाठेघरको मुखको क्यान्सर लाग्नु भन्दा अगाडिको अवस्था पत्ता लगाउन एबउ क्mभबच र ख्क्ष्ब् त्भकत गराउनु पर्दछ । 
 
क्यान्सर सकेसम्म छिटो पत्ता लगाई उपचार गर्न तथा यो रोग लाग्नबाट बच्न¬ र बचाउन सक्न¬ नै अति उपयुक्त हुनाले एचभखभलतष्यल ष्क दभततभच तजबल अगचभ भनिन्छ । अधिकांश क्यान्सर रोग खराब बानी ब्यहोरा, अस्वस्थकर खानपिन र वातावरणको असरले हुने भएकोले यस रोगको रोकथामको लागि निम्न उपायहरू अपनाउनु पर्दछ । 
 
१. च¬रोट, बिडी, तमाखु, सुर्ती, खैनी आदीको सेवन नगर्ने– 
चुरोट, विडी, खैनी, सुर्ती, तमाखु आदि पदार्थहरूमा ४,००० भन्दा बढी प्रकारका हानिकारक रासायनिक तत्वहरू रहेका हुन्छन् । यि मध्ये करीव ४० प्रकारका हानिकारक रासायनिक तत्वहरूले मुख, श्वासनली, फोक्सो, आमाशय, गर्भाशय, पिसाव थैली, मूत्रनली, मृगौलालगायत शरीरका अन्य अङ्गहरूको क्यान्सर ह¬न्छ । यसको सेवनले क्यान्सर रोगका साथै मुटुसम्बन्धी रोगहरू, पेट सम्बन्धी रोगहरू साथै फोक्सो सम्बन्धी दम, ब्रोन्काइटिस आदि रोगहरू पनि लाग्दछ । 
 
  च¬रोट, बिडी, तमाखुको धुँवाको असरले वरीपरि बस्ने अन्य व्यक्तिहरूलाई पनि क्यान्सर तथा अन्य रोगहरू लाग्न सक्दछ, जसलाई एबककष्खभ कmयपष्लनरक्भअयलम जबलम कmयपष्लन भनिन्छ । गर्भवती महिलाहरूले सुर्तीजन्य पदार्थको सेवन गरेमा गर्भ तुहिने, समय नपुगी बच्चा जन्मने, कम तौलको बच्चा जन्मने, जन्मजात विकृती देखापर्ने आदि खतराहरू देखा पर्न सक्छ । 
 
२. बासी, सडेगलेको, ढुसी परेको खानाहरू नखाने –
  बासी, सडेगलेको, ढूसी परेको खानाहरूमा क्यान्सर गराउने तत्वहरू हुने भएको हुनाले यस्तो खानेकुराहरू खानु हुँदैन । 
३. पोलेर डडेको, अखाद्य रंग हालेको खानेक¬राहरू नखाने 
पोलेको, डढेको मासु, माछा र अखाद्य रंग प्रयोग भएको मिठाई र खानेकुराहरूवाट आमाशय, आन्द्रा, मलद्वार आदि अंगको क्यान्सर लाग्न सक्दछ ।
४. मौसस अनुसारको ताजा हरियो सागपात, बन्दाकोभी, फर्सी, व्रोकाउली र फलफुलहरू नियमित खाने 
वेमौसमको तरकारी र फलफुलहरूमा वढि किटनाशक औषधि र रासायनिक पदार्थहरू राखेको हुन सक्ने भएकाले मौसम अनुसारको तरकारी र फलफुलहरू खानु पर्दछ । 
 
तरकारी र फलफुलहरूमा कार्वोहाइड्रेट, आइरन, क्याल्सियम, क्यारोटिन,फाइवर,भिटामिन ए,वी र सि प्रशस्त मात्रामा पाईन्छ जस्ले क्यान्सरलगायत अन्य रोगहरूवाट वचाउँछ ।
 
गोलभेडामा क्याल्सियम, साइट्रिक एसिड, भिटामिन सि प्रशस्त मात्रामा पाईन्छ जसले क्यान्सर रोगवाट जोगाउन मद्दत गर्दछ । गाँजरमा विटाक्यारोटिन, एन्टि अक्सिडेन्ट, मिनरल्स, भिटामिन ए आदि प्रशस्त मात्रामा पाइन्छ, जसले आँखा तेजिलो हुनका साथै क्यान्सर रोगवाट वच्न सहयोग गर्छ । भिन्डीमा फाइवर वढी हुने हुनाले आन्द्राको क्यान्सरवाट जोगाउँछ । बन्दाकोवीमा खनिज पदार्थ, लवण र फाइवर धेरै हुने भएकाले आमाशय, आन्द्रा आदि विभिन्न अंगको क्यान्सरवाट वचाउँछ । ब्रोकाउलीमा भिटामिन सि, क्यालसियम, म्याग्नेशियम, जिंक,फस्फरस र आइथोयो साइनेटले स्तन क्यान्सरको कोषहरू वढ्न दिंदैन ।
 
५. ग¬प्ताङ्गको नियमित सधै सरसफाई गर्ने
  आफ्नो गुप्तांगहरू नियमित रुपले दिनहुँ सफा गर्नु पर्दछ । जसले गर्दा ति अंगहरूको क्यान्सर रोगवाट वच्न सकिन्छ ।
६. धुलो, धुवाँ र वातावरण प्रद¬षणबाट जोगिने –
  धुलो र धुवाँका कारणले फोक्सो, घाँटी र अन्य अंगको क्यान्सर रोग हुने भएकाले सकेसम्म वच्नु पर्दछ । 
 
७. नियमित रूपमा पाठेघरको जाँच गराउने–
विवाहित महिलाहरूले पाठेघरको मुखको क्यान्सरवाट वच्न प्रत्येक २–२ वर्षमा पाठेघरको श्राव परीक्षण गर्नु पर्दछ । यस परिक्षणवाट क्यान्सर लाग्नु भन्दा पूर्वको अवस्था थाहा पाएर उपचार गरेमा क्यान्सर हुन पाउँदैन । 
 
८. धेरै जनासँग यौनसम्पर्क नराख्ने –
  धेरै जनासँग यौन सम्पर्क राख्नाले ति अंगहरूको क्यान्सर हुन सक्ने भएकोले यसवाट टाढै रहनु पर्दछ । 
 
९. लामो समयसम्म टन्टलापुर घाममा नबस्ने –
  नाङ्गो शरीर धेरै वेरसम्म चर्किलो घाममा वस्दा खेरी छालाको क्यान्सर हुने भएको हुनाले यसवाट वच्नु पर्दछ ।
 
१०. चिल्लो तथा बोसोयुक्त र नुनिलो खाद्यपदार्थहरू कम खाने–
  चिल्लो, वोसोयुक्त र नुनिलो खानाहरूको कारणले शरीरमा विभिन्न रोगहरू हुनका साथै क्यान्सर समेत हुन सक्ने भएको हुनाले सके सम्म यसको वढि प्रयोग गर्नु हुँदैन ।
 
११. दिनहुँ शारिरीक व्यायाम गर्ने –
धेरै शारीरिक परिश्रम गर्ने व्यक्तिलाई क्यान्सर रोग हुने सम्भावना कम भएको हुनाले दिनहुँ कम्तिमा पनि ४५ मिनेटसम्म विभिन्न किसिमको व्यायाम वा अन्य कार्यहरू गर्नु पर्दछ । 
 
१२. रासायनिक मल र किटनाशक औषधिको प्रयोग भएको सागपात, फलफुल र अन्य खानेकुराहरूको सेवन नगर्ने –
सागपात,फलफुल र अन्य खानेकुराहरूमा जथाभावी रुपले रासायनिक मल र किटनाशक औषधिहरूको प्रयोगले विभिन्न अंगहरूको क्यान्सर हुने भएको हुनाले सकेसम्म खेतवारीमा कम्पोष्ट मलको प्रयोग गर्नु पर्दछ । 
 
१३. नियमित रुपले मुख सधै सफा राख्ने –
खाना खाई सकेपछि मुख सफा गर्दा मुखको क्यान्सर हुने सम्भावना अत्यन्त न्यून हुन्छ ।
 
(किशोरकुमार प्रधानाङ्ग वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनका प्रमुख जनस्वास्थ अधिकृत हुन् । उनी सो अस्पतालको क्यान्सर रोकथाम,नियन्त्रण तथा अनुसन्धान विभागमा कार्यरत छन् ।)
 

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution