दम

दम

स्वाँ–स्वाँ बढ्ने वा सास फेर्न कठिनाई हुने रोगलाई दम रोग भनिन्छ । यस्तो रोगबाट कतिपय तपाई हाम्रै हजुरबा तथा हनुर आमाले निकै सास्ति पाईरहेको हुनुहुन्छ पनि होला । यसकारण बुढेसकाल लाग्यो दम बढ्न लाग्यो भनेर गाउँघरमा भन्ने गरिन्छ । हुन त दम बुढेसकाल लागेर मात्र बढेको हुदैन यो बालखकाल देखिनै शुरु हुन सक्छ र जुनसुकै उमेरकालाई पनि सास्ति दिन्छ । श्वास बढ्ने र स्वाँ–स्वाँ हुने अरु कारणहरू पनि हुन सक्छन् । ब्रोकाइटिस, न्यमोनिया जस्ता श्वास प्रश्स्वास प्रणालीको अंगहरूमा संक्रमण हुँदा पनि स्वाँ–स्वाँ हुन्छ तर यसलाई दम भनिदैन् ।
 
दम किन बढ्छ ?
शरीरलाई चाहिने अक्सिजन नाकले फोक्सोमा पु¥याउँछ । काम नलाग्ने सास फोक्सोबाट बाहिर फर्काउँछ । यो काम विभिन्न नामका श्वास नलिले गरिराखेको हुन्छन् । यी नलीहरू नलीहरू सद्धे हुन्जेल त सास फेर्ने काम राम्ररी भइनैरहन्छ । तर कथंकदाचित् यी नलीहरू विग्रिए वा खुम्चिए भने दम बढेन थाल्छ । त्यस्तै खकार कडा भएर जम्दा, श्वासनली सुन्निदा (Bronchitis) तथा श्वासनली सुम्चदा पनि दम बढ्ने गर्छ । यस्तोवेला श्वासनलीवाट चाहिए जति हावा भित्र पस्न नसकेर पनि दम बढ्छ । 
 
दम भएको कसरी चाल पाउने ?
यो रोगको मुख्य लक्षण नै स्वाँ–स्वाँ बढ्नु हो । खास गरि दमका विरामीलाई सास लिन भन्दा बाहि फ्याक्दा सल्ला घारी सुसाए जसरी स्वाँ स्वाँको आवाज आउँछ । रोगीले राम्ररी सास फेर्न सकेन भने उसको शरीर निलो हुन थाल्छ । यो कुरा ओठमा ज्यादै राम्ररी देख्न सकिन्छ । त्यस्तै गर्दनको नशा फुल्न थाल्छ । धेरै धपेडी गर्दा, भ–याङ चड्दा, दुईतार पाईला हिड्दा, कुराकानी गर्दा या चुपचाप बस्दा वा लम्पसार परेर सुत्दा वा उठेर वस्दा पनि दम आउँछ कि आउँदैन होस गर्नु पर्दछ । चुपचाप बस्दा पनि दम आउनु दमको निकै खतरा अवस्था मान्नु पर्दछ । 
 
यो रोग बालखकाल देखि नै हुनसक्छ भन्ने कुरा हामीले वताइसकेका छौ । जवान वा बृद्धले त आफूलाई सास फेर्न अफ्ठ्यारो भएको भन्न सक्छन् तर बच्चाहरूले सक्दैनन् । यसकारण बच्चाहरूको सास फेराईमा हामीले ध्यान दिनुपर्छ उनीहरूलाई दमले च्यापेको छ सास फेर्दा ध्यारध्यार त हुन्छ यतिमात्र होईन दमले धेरै नै त्यापेको छ भने सास फेरेको आवाज नै सुनिदैन । बालकको पुरै शरीर नीलो हुन्छ, छटपटाउँछ तथा चिट् चिट् पसिना काढ्छ । 
 
दमले च्यापेको बेलामा के गर्ने ?
१. दमले च्यापेको बेलामा विरामीलाई खुल्ला ठाँउमा कुर्सी वा खाटमा बसाएर राख्नुपर्छ । यसो गर्दा विरामीलाई सजिलो पर्छ ।
२. रोगीलाई केही पनि हुदैन भनेर ढाडस दिनुपर्छ । किनकि चिन्ता डरले स्वाँ–स्वाँ झन् बढ्छ । 
३. तातो पानी तथा सूपहरू जस्ता पिउने कुरा दिनुपर्छ । सकेसम्म उम्लिरहेको पानीको वाफ लिन लगाउनु पर्छ । किनकि बाफले श्वासनलीमा जमेको खकारलाई पातलो बनाइदिन्छ र बाहिर फाल्न सजिलो पर्छ ।
४. यसपछि विरामीलाई अस्पताल वा स्वास्य चौकीमा जचाउन लैजानुपर्छ ।
 
दमको उपचार कसरी गर्ने ?
आजभोली दमरोगका धेरै थरिका औषधिहरू पाइन्छन् । ती औषधिहरूले दमलाई नियन्त्रण वा कावुमा राख्न सक्छन् तर यी औषधिहरू एकाएक खान बन्द गर्नु हुँदैन् । ग–यो भने दम झन बढ्छ । कहिलेकाहि त बिरामीको ज्यानै जानसक्छ । यसकारण डाक्टरको सल्लाह बमोजीम नियमित रुपले औषधि खानुपर्छ । कसैकसैलाई भने यी औषधिहरू मध्य एउटा खालको औषधिले काम गरीहाल्छ । कसैलाई भने २–४ थरिका औषधिहरू साथ साथै खानुपर्ने हुन्छ ।
 
दमका औषधिहरू एक दुई हप्ता खाएर बन्द गर्ने खालका हुदैनन् । लामो समयसम्म खानु पर्ने खालका हुन्छन् । औषधि खान विर्सने, डाक्टरको सल्लाह विना औषधि खाने वा धामी झाक्रीको लहैलहैमा लागेर औषधि छाड्नु हुदैन् । यसोगर्दा यो रोगले झन बढी च्याप्छ अझ कहिलेकाही त औषधि खाइरहेको बेलामा पनि यसले च्याप्न सक्छ । यस्तो वेलामा तुरुन्त स्वास्थ्य चौकी तथा डाक्टरकहाँ सल्लाह लिईहाल्नु पर्छ । अझ राम्रो कुरा त के हो भने – दमका रोगीले कुनै शिकायत नहुँदा पनि बेला बेलामा डाक्टरी सल्लाह लिनुपर्छ । 
 
दमको कडाखाले औषधि (कर्टिकोस्टे–वाइड) हत्तपति खान डाक्टरहरूले दिदैनन्् । यो खान थालेपछि नियमित खानुपर्छ । अर्को कुरा यो औषधिले काम नगरेपनि यो दवाई एकाएक चटक्क छोड्नु हुँदैन । विस्तारैमात्र मात्रा कम गर्दे बन्द गर्नु पर्छ । कसरी बन्द गर्ने हो त्यो तरिका आफुलाई जांचेका डाक्टरबाट राम्ररी बुझ्नुपर्छ ।
 
दम लागेकाले के के गर्ने ?
१. चुरोट, तमाखु, बिडी आदी धेरै पिउने मानिसहरूलाई ख्वाई ख्वाई खोकी लागिरहने, खकार धेरै आउने र विस्तारै स्वाँ स्वाँ आउने दीर्घ खोकी (क्रोनिक ब्रोङकाइटिस) लाग्ने हुन्छ । धुम्रपान गर्नेहरूमा दमको रोग बीस गुणा बढी, फोफ्सो क्यान्सर तीस गुण बढी हुने तथा ग्याष्ट्रिक अल्सर लाग्ने सम्भावना बढी हुने र लागेपछि छिटो निको हुदैन । यसकारण धुमैपान गर्नु हुदैन ।
२. दमको रोगीले चिसो, धुलो, धुवाँ र खारबाट बच्नुपर्छ । यस्तो बचाउ कपडाले नाकमुख छोपेर गर्न सकिन्छ । घरको कोठा तथा भान्छाघरमा राम्ररी हावा ओहोरदोहोर हुन सक्ने झ्यालको व्यवस्था हुनुपर्छ ।
३. दमको रोगीहरूले तातो पानीको वाफ लिए निकै फाईदा हुन्छ । तातोपानी, चिया, सूप जस्ता तातो झोलले पनि दम तथा खोकी लागेका विरामीहरूलाई फाईदा गर्दछ । चिसोबाट बच्न घाम नलागेसम्म 
(कुइरो, हुस्सु लाग्दा) बाहिर नजाने, साँझ चाँडै घर फर्कने गर्नुपर्छ ।
४. लामो सास लीने र जतिसक्यो चाँडो श्वास बाहिर फेर्ने श्वास प्रश्वास सम्बन्धी व्यायामले पनि दमका रोगीहरूलाई फाईदा हुन्छ । बेलुन फुक्ने, शंख बजाउने गर्दा श्वासनलीहरू बलिया हुन्छन् र यी नलीहरू खुम्चेर (ब्रोक्रोस्पाज्म) हुने स्वाँ स्वाँ कम हुन्छ ।
५. दमका रोगीहरूले आफ्नो खकारको रंग कस्तो छ ख्याल गर्नुपर्छ । खकारको रंग पहेलो, खैरो, कालो भएमा कीटायाुको संक्रमण भएको बुझेर डाक्टरले दिएको सल्लाह बमोजीम औषधि खानु पर्दछ । रुघा लागेपछि रुघा विग्रन नदिन तुरुन्त उपचार गराउनु पर्दछ । 
६. हातगोडा, ओठ, जिब्रो निलो छ कि छैन भनेर दमका रोगी तथा आफन्तहरूले होश गर्नु पर्दछ । जिब्रो निलो भए रगतमा अक्सिजनको मात्रा निकै कम भएको ताहा हुने भएकोले जिब्रो निलो भएपछि तुरुन्त अक्सिजन दिनुपर्ने हुन्छ । धेरै स्वाँ स्वाँ आउँदा तथा जिब्रो निलो हुँदा आवश्यकता अनुसार अक्सिजन सुघाउन सकिन्छ । यो काम स्वास्थ्य कार्यकर्ताको सहयोग लिएर मात्र गर्नु पर्छ । आफै जान्ने भएर लिन वा दिन हुदैन् । धेरै मात्रामा प्राणवायु अक्सिजन लिएमा रगतमा धेरै भएराखेको कार्बन डाईअक्साईड एकाएक निकै कम भएर श्वास प्रश्वास प्रक्रिया नै बिस्तारै बन्द भएर ज्यानै समेत जान सक्छ । 
७. दमका रोगीहरूले आफ्नो गोडा सुन्निएको छ कि छैन ध्यान दिनु पर्दछ । खुट्टा फुल्नु, पिसाब कम हुनु, पेट पोल्नु, गर्दनको रगतको नली फुल्नु, जस्ता लक्षणहरू दमको खराव लक्षणहरू देखा पर्नु भनेको मुटुले काम गर्न नसकेको (करपोलमोनाल इनफेलर) संकेत हो । यो अवस्था निकै खतरनाक भएकाले तुरुन्तै अस्पतालमा लगि विशेष उपचार गराउनु पर्दछ । 
८. दमका रोगीहरूले रगतमा अक्सिजन कम भएपछि रगतमा एक तत्व हेमोग्लोविन बढेन थाल्छ । यो तत्व बढेपछि विरामीको रगत निकै बाक्लो (सेकेन्डरी पोलीसाइथिमिया) हुने र रत्तसंचार ढिलो भएर अरु समस्याहरू समेत आउँने गर्दछ । त्यसैले रगतमा हेमोग्लोविनको मात्रा कति छ बरोबर जाच्ने गर्नु पर्छ यो सुविधा गाँउ घरमा छैन, अस्पतालमा मात्र छ ।
९. दमका रोगीहरूलाई पेट पोल्ने र दुख्ने ग¥यो भने अमिलो पीरो खान हुँदैन । भोकै बस्न पनि हुँदैन् ।
१०. कसै–कसैमा भने दिमाग सम्बन्धी गडबडी पनि हुन सक्छ । यस्तो गडबढी रगतमा अक्सिजनको कमी भएर वा दमको औषधि (कर्टिकोस्टे–वाइड) को असरले अक्सिजनको कमीले रहेछ भने औषधि फेर्नुपर्छ ।
११. बालबच्चाहरूमा खोकी, लहरे खोकी, निमोनिया, क्षयरोग आदि लाग्दा, दादुरा आउँदा राम्रो इलाज नभएमा यसले पछि दमको रोग जन्माउन सक्छ । त्यसैले यी रोगहरूको राम्रो उपचार गराउनु पर्दछ ।
 
आजभोली धम्रपान र वातावरणीय प्रदुषण संसंगै यो रोग पनि वढ्न थालेको छ । अर्कोतिर यो रोग औषधिले पनि पूरापूर निको हुने रोग होइन । यसकारण यसलाई बडा हुन नदिन नियमित औषधि खानु पर्छ, आवश्यक पथपरहेजमा बस्नु पर्छ । अकस्मात् च्यापेको वेला श्वासनली फुलाउने खालको सुँध्ने नस औषधिहरू (ब्रोकोडाइलेटर) घरमा राख्नुपर्छ साथै समय–समयमा आफ्नो डाक्टरकहाँ जचाइरहनु अति आवश्यक छ । 
 
जाडोको दम
दम (धम्की) मानिसको श्वास प्रश्वाससंग सम्वन्धित दीर्घकालीन रोग हो । यो रोगबाट पीडित ब्यक्तिशरुको श्वास तथा उपश्वास नलीको श्लैप्मिक आवरण म्युकसमेम्बरेन सुन्निनाले श्वासमार्ग साघुरीने र श्वास नलीमा श्लेमा म्युकस थुप्रीने कारणले गर्दा श्वास फेर्दा फोक्सोमा अक्सिजन (प्राणवायु) सअज तरीकाले नपुगी आरामसाथ रहेको अवस्थामा समेत नकारात्मक असर पारेर श्वास तिव्र गतिले चल्छ । श्वास प्रश्वासको क्रममा अक्सिजन श्वासनली हुँदै फोक्सोको वायु प्रकोप्ठामा पुग्छ र कार्वनडाई अक्साईड वायु प्रकोप्ठामबाट श्वासनली हुँदै बाहिर उत्सर्जित हुने गर्छ
 
यो रोगले सबै उमेरका बालबालीका देखि बृद्धबृद्धालाई आक्रान्त पारे पनि अकस्मात मौसम परिवर्तन हुँदा तिसोयाममा युवायुवतीमा समेत असर गरेको पाईन्छ । सामान्य अवस्थामा पनि यदि श्वास गतिले प्रतिमिलेट १४–१५ पटकभन्दा तीव्रता लिनथाल्यो भने यस्तो स्टेटस अन्थमैटिक्स जव दमको आक्रमण लगातार केही दिनसम्म देखापर्छ, त्यस्तो अस्थामा अक्सिजनको कमीले गर्दा साइनोसीसको कारण शरीरको समस्थ अंग नीलो देखिन थाल्छ र ओछ्यानमा सुत्न पनि गाहे हुन्छ । 
 
दमको अवस्था
 
  • सामान्य अवस्थामा सुरु सुरुमा श्वास प्रश्वास प्रक्रिया ज्यादा कष्टकर हुँदैन । तर खाकी लागेर विस्तारै दम बढ्ने समस्या देखा पर्छ ।
  • असामान्य अवस्थामा आक्रान्त व्यक्तिमा दम बढेर उत्तानो वा कोल्टो सुतीरहन गाहे पर्छ उठेर बसेर अक्सिजन प्राप्तिका लागि प्रशस्त हावा लाग्ने दिशातिर मुख फर्काएर बस्ने गर्छ ।
  • गम्भीर अवस्थामा दमले तीब्र रुप लिदाँ रोगीले सहज तरीकाले हावा तान्न सक्दैन् । फलतः शरिरमा अक्सिजनको परिपूर्ति पर्याप्त मात्रामा नभएर हरीरको छाला, नङ, ओठ, जिब्रो आदि नीलो (साइनोसीस) देखिन्छ तथा शरीरबाट चिसो पसीना निस्कन थाल्छ । त्यस्तो समवेदनशील अवस्थामा पुगेका रोगीलाई शीघ्रतिशीघ्र अक्सिजन साथ अन्य प्रकारका आकस्मिक उपचार पुर्‍याउन नसकिएमा मृत्यु पनि हुने सम्भावना रहन्छ ।
कारण
श्लैष्मिक आवरण सुन्निने तथा श्लेष्मको स्त्राव बढी मात्रामा भई श्वासमार्ग संकुचित हुन्छ ।
 
वातावरणीय तथा पेसागतः मौसम परिवर्तन हुँदा कतिपय मानिसमा श्वास–प्रश्वासको समस्या पहिलेदेखि नभए तापनि अकस्मात रुपले बादल लागेर चिसो हावा चल्दाको अवस्थामा यो रोगले आत्रलान्त पारेको हुन्छ । हावामा धुलो धुँवा, वायुमण्डलीय सुक्ष्म कण, विभिन्न प्रकारका रासायनीक किटनासक औषधि, पुष्प–परफ्युम, टेलकम पाउडर, पदार्थको गन्ध, दोहोरो हावा नछिर्ने कोठा तथा भान्सामा खानेकुरा पकाउँदा उत्पन्न हुने खारले पनि नकारात्मक असर पार्छ ।
 
एलर्जीः बढ्दो जनसंख्या र अव्यवस्थित सहरीकरण तथा थोत्रा सवारी साधन पनि सञ्चालन भएका कारण वायु प्रदुषणमा वृद्धि भएको पाईन्छ । गाँउ वस्तीको भान्छामा काठ, दाउरा, गोवर आदिबानट तयार पारीएका गुइँठा बाल्दा निस्केका धूँवा फोक्सोमा पुगेर दम लगायत अन्य प्रकारका श्वासजन्य रोग लाग्ने सम्भावना रहन्छ ।
 
अत्यधिक मानसिक तनाव, चिन्ता, रिस, भय आदिको पनि श्वास–प्रश्वास प्रणालीमा नकारात्मक प्रभाव परेर श्वासको गतिमा तीब्रता आउँछ ।
 
धूमपानः चुरोट, विडी, तमाखु, आदि सुर्तिजन्य वस्तुको सेवनले गर्दा पनि ब्रोङकाईटिस, क्यान्सर, दम आदि रोग उत्पन्न गराउँछ ।
 
स्मरणीय छ धुमपान स्वयम्ले नगरे पनि गरिरहने मानिसको नजीक बस्नेलाई समेत नसाम्रो असर पार्छ र गर्भवती महिलाले धुमपान गर्दा नवजात शीशु दमको समस्याले ग्रसीत हुन्छ । उपरोक्त कारणका अतिरिक्त अत्यधिक तेज हावामा लामो समयसम्म वस्नु अति चिल्लो र चिसो पेय तथा खाद्य पदार्थ सेवन गर्नु, कठिन परिश्रम र व्यायम गर्नु तथा नाकभित्र मासु वा हाड सुन्निनु आदिले पनि दमरोगमा भूमिका खेलेको हुन्छ । 
 
लक्षण तथा चिन्ह
  • रोग लागेको प्रारम्भिक अवस्थामा घाँटी खसखसाएर खोकी लाग्ने र पातलो कफ आउने ।
  • इन्सपिरेसन (अन्तःश्वसन) भन्दा इक्सपिरेसन (वाह्य श्वसन) को क्रममा श्वास फेर्दा ज्यादा समस्या हुन्छ । एक्कासी सामान्य अवस्थाबाट रोग जटील अवस्थामा पुग्छ । रोगीलाई सुतेर श्वास फेर्न गाह्रो हुन्छ र निस्सासिने लक्षण देखापर्छ ।
  • श्वासको गति १४–१५ पटक प्रतिघण्टा भन्दा बढी ३०–४० पटक हुन्छ ।
  • मुटुको धड्कनमा वृद्धि हुन्छ ।
  • वलपूर्वक श्वास तान्ने क्रममा छात्तीमा घ्यार्र–घ्यार्र आवाज उत्पन्न हुन्छ ।
  • थोरै वायु प्रवेश गर्नाले छाती फुलेको देखिन्छ ।
  • पयाप्त मात्रामा अक्सिजन परिपुर्ति नहुँदा साइनोसीसको लक्षण (अनुहार नीलो) देखापर्छ ।
  • घाँटीमा जुगुलर भेन (शिरा) फुलेको देखिन्छ । 
रोकथाम तथा नियन्त्रण
  • स्वच्छ हावामा नियमित रुपले हलुका व्यायाम गर्ने ।
  • चिसोवाट जोगिने ।
  • चिसो र चिल्लो पदार्थ सेवन नगर्ने ।
  • धुमपान र मद्ययपान नगर्ने ।
  • धुँवा, धुँलो, चिसो वतासबाट जोगिने ।
  • एलर्जी कारण पत्ता लगाई त्यसबाट सतर्कता अपनाउने ।
  • घाम प्रवेस नगर्ने तथा दोहोरो हावा नचल्ने गुम्सिएको कोठामा नवस्ने ।
  • ओछ्यानमा सुत्दा टाउकोतिरको भाग उँचा राख्ने ।
उपचार :
श्वासनली खोल्ने ब्रोन्क्रोडाइलेट तथा एलर्जीबाट मुक्त हुनका लागि श्वनससंग लिने वा मुलमा सिधै वाफ लिने औषधिले छिटो असर पार्छ

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution