भलाकुसारी छलफलमा सहभागीहरू उत्सुक

सप्तरी जिल्लाको कमलपुरमा जन्मिएकी हाल अन्दाजि वर्ष ३५ कि अनिताकुमारी चौधरीले २०६२ सालमा रेस्फेक फत्तेपुरमार्फत सञ्चालित प्रौढ कक्षामा पढाउन तालिम लिएकी थिएँ । त्यसपछि सप्तरी जिल्लाको कमलपुर वडा नं. ६ अगवनी टोलमा प्रौढ कक्षा पढाउन थालें । मैले अगवनी टोलमा चौधरी सदा ठाकुर समुदायका निरक्षर १९ जना महिलाहरुलाई कक्षामा सहभागी गराएकी थिएँ । पछि २०६६ तिर मेरो विवाह उदयपुर जिल्लाको तपेश्वरी गाविसमा भयो । तपेश्वरी गाविस रेस्फेकको कार्यक्षेत्र वनेपछि २०६८ सालमा पुनः सहयोगी कार्यकर्तामा फेरी चयन भई पढाउने मौका मिलेको थियो । तपेश्वरी वडा नं २ सुकुम्वासी टोलमा क्षेत्री, राई, मगर, चौधरी र उराव समुदायका २५ जना निरक्षर महिलाहरुलाई साक्षर बनाउने र स्वास्थ्य सचेतना बढाउने कार्य गरेकी थिएँ । 

कमलपुर र तपेश्वरी दुवै स्थानमा कक्षा सकेपछि रेस्फेकमार्फत प्राप्त भलाकुसारी, महिला स्वास्थ्य र स्वास्थ्यसँग सम्वन्धित पोष्टर वुकलेटहरु कक्षामा खुव छलफल ग¥थ्यौं । भलाकुसारीमा भएका स्वास्थ्यसँग सम्वन्धित कुराहरु सहभागीहरुलाई सुनाउने दिन भोलि है भनेर अघिल्लो दिन नै जानकारी दिंदा भोलिपल्ट सवै सहभागीहरु कक्षामा उपस्थित हुन्थे । कक्षामा त्यस दिन भलाकुसारीमा भएका स्वास्थ्यसम्वन्धि कुराहरु सहभागीहरुलाई पढाउँदै सुनाउने र छलफल पनि गर्ने हुँदा कक्षाको छुट्टै रौनक हुन्थ्यो । महिला स्वास्थ्यका कुराहरु लुकाएर वसेका दिदि वहिनीहरुले सन्देश छलफल पछि आफूलाई भएका स्वास्थ्य समस्याहरु निर्धक्क सुनाउँदा गर्वको अनुभुति हुन्थ्यो । यसैंकारणले नै प्रौढ कक्षाको पुस्तक वाहेक स्वास्थ्यका पुस्तक र पत्रपत्रिकाका बारेमा छलफल गराउन हप्तामा दुई दिन छुट्याएका हुन्थ्यांै । 

त्यसवेला अहिलेको जस्तो एड्स, कण्डम, पिल्सलगायत यौन समस्याका कुराहरु खुल्ला रुपले भन्न गाह्रो लाग्ने भएकाले मलाई बुझाउन समेत कठिन लाग्थ्यो तर सवै सहभागी महिलाहरु भएकाले विस्तारै कुरा निकाल्थ्यौं । भलाकुसारी र महिला स्वास्थ्यमा भएका सन्देशहरु कक्षा सकिए पछि घरपरिवारमा समेत छलफल गर्न जिम्मेवारी दिने गरेका थियौं । भोली पल्टको कक्षा शुरु भएपछि सहभागीहरुलाई अघिल्लो दिनको पुनरावलोकन गराउँथे । घरमा के के सुनायौ के के सवाल जवाफ आयो भनेर स्वास्थ्य सन्देशहरुलाई पुनः समिक्षा गर्ने गरिएको थियो । विरामी भएपछि स्वास्थ्य चौकी – अस्पताल जानु पर्छ धामी झाँक्रीको भरमा वस्नु हुँदैन भनेर सवै सहभागीहरु सचेत बनाएका थियौं । भलाकुसारीको प्रयोग गरी स्वास्थ्यसम्वन्धि छलफल चलाएकै कारण सुत्केरी गराउन सुडेनीको खोजि हुन थालेको हो ।  धन्यवाद ।

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution