हाम्रो चिट्ठी तपाइर्हंरूलाई

हाम्रो चिट्ठी तपाइर्हंरूलाई

मिति : २०७५ वैशाख २० गते

प्यारा साथीहरू 
नमस्कार !

भलाकुसारीको १५० औैं अंक तपाईंको हातमा पर्दा तपाईलाई अति नै खुशी लाग्ने अपेक्षा हामीले गरेका छौं । हामी पनि भलाकुसारीको यस १ सय ५० अङ्क प्रकाशन गर्न सफल भएकोमा गौरवान्वित भएका छौं । यो सफलता तपाई पाठकवर्गको चाहना र सम्पूर्ण हितैषी वर्गको प्रयासले गर्दा भएको ठहर हामीले गरेका छौं । 

यस विशेष अङ्कलाई समयमै प्रकाशन गर्ने उद्देश्यका साथ पाठक, लेखक र शुभेच्छुकहरूलाई लेख तथा सामग्री पठाउनका लागि आग्रह गरेका थियौं । सो जानकारी धेरै भन्दा धेरै साथीहरूले पाएको ठहर त्यसवेला भयो जुनवेला हामीलाई सयौंवटा शुभकामना सन्देश तथा लेखहरू प्राप्त भयो । ती सम्पूर्ण शुभकामना सन्देश तथा लेखहरू प्रकाशित गर्ने हाम्रो तीव्र इच्छा हुँदाहुँदै पनि स्थान अभावका कारण प्रकाशित गर्न असमर्थ हुनुपरेकोमा हामीलाई निकै दुःख लागिरहेको छ । यसका लागि हामी क्षमा चाहन्छौ । 

यद्यपि यसपटक हामीले नियमित स्तम्भहरूभन्दा वेग्लैखाले लेखरचनाहरूवाट यस विशेष अङ्कलाई सजाएका छांै । यसमा  पाठकहरूको पत्र, स्वास्थ्यसम्बन्धी लेख, संस्मरण, शुभकामना, अन्तर्वार्ता तथा स्वास्थ्य चर्चाहरूलाई पनि समाहित गरेका छौं । त्यस्तै गरी अघिल्ला अङ्कहरूमा छापिएका स्वास्थ्य चर्चाहरू पनि पाठकहरूको माग र विशेष आग्रहमा पुनः छापेका छौं ।

अन्तमा, पुनः हामी के भन्न चाहन्छौ भने भलाकुसारीको १५० अङ्कसम्म प्रकाशन गर्न सफल हुनुमा यस संस्था र हाम्रो प्रयासले मात्र भूमिका खेलेको छैन । यसका लागि दातृसंस्थाहरू, लेखकहरू, प्रकाशनको आवश्यकता वोध गराइरहने देशभरका पाठकहरू तथा स्वास्थ्य कार्यकर्ताहरूको उत्तिकै योगदान भएको कुरा पुनः स्मरण गर्न चाहन्छौं । त्यसैले यस सुखद घडीमा हामी सबैले एकअर्कालाई सफलताको लागि बधाई दिंदै आउने अङ्कहरूमा पनि यस्तै सहयोग पाउने अपेक्षा गर्दछौं ।

उही तपाइहरूकै हितैषी मित्रहरू

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution