आर्या केयर अस्पतालमा सुत्केरी बन्धक

राधिका शाक्यले ब्यहाेरी दियाे सवै खर्च

--१००
आर्या केयर अस्पतालमा सुत्केरी बन्धक

उपचार खर्च तिर्न नसकेर जनकपुरधामस्थित आर्या केयर अस्पतालमा बन्धक बनाइएकी धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन घर जानुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले अस्पतालमा लागेको सवै उपचार खर्च बेहोर्दै शुक्रबार नै उहाँलाई डिस्चार्ज गराउनु भएको हो ।

उपचार खर्च तिर्न नसकेर खातुन चार दिनदेखि बन्धक बन्नुपरेको थियो । ब्यथा लागेपछि यही असार १७ गते खातुन अस्पताल भर्ना हुनुभएको थियो । शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी खातुनलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो तर उपचार खर्चवापत रु एक लाख १० हजार बुझाउन नसक्दा उहाँ चार दिनदेखि बन्धक बन्नुपरेको थियो । 
प्रधानमन्त्री पत्नी शाक्यले बिहीबार नै प्रहरीको सहयोगमा अस्पतालको सवै उपचार खर्च आफूले बेहोर्ने जानकारी गराई खातुन र बच्चालाई मुक्त गराउनु भएको हो ।

यसअघि उपचार खर्च तिर्न नसकेको भन्दै अस्पताल प्रशासनले खातुनलाई जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको थियो । खातुनका ३१ वर्षीय श्रीमान् मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न नसकेको र सुत्केरी अस्पतालमै बन्धक बनेका समाचार पढेपछि शाक्यले खातुनको सवै उपचार खर्च बेहोर्नुभएको हो । शाक्यले भोलिसम्ममा अस्पतालको रकम जम्मा गरिदिने बताउनु भएको छ ।

No comments yet. Be the first one to comment.

लोकप्रिय

नयाँ अपडेट

अमेरिकाको जोन्सन खोप र चीनको भेरोसिल खोपमा के फरक छ ?
नेपालमा पनि कालो ढुसीको सङ्क्रमण देखा पर्न थाल्यो
पूर्व स्वास्थ्यमन्त्री गगन थापा भन्छन् – सरकारी खर्चले विदेशमा उपचार गर्न पाइँदैन, जुन कानून विपरीत
दाँतको उपचार महङ्गो, रोकथाम सस्तो
आर्या केयर अस्पतालमा सुत्केरी बन्धक

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution