रोगको महामारी र खोपको विकास

२०७७-०५-२९

 

  • डा. सत्यनारायण सुवाल

अ - अ अ +

जसरी तिर्खाएको व्यक्ति पानीको टलटलमा बिताइरहेको हुन्छ त्यस्तै अहिले विश्वका मानिस कोभिड–१९ रोगको विरुद्ध दिने खोप (Vaccine) को पर्खाइमा रहेका छन् । तर, यो कोभिड–१९ को कुनै पनि औषधि पत्ता लगाएको छैन । यसको उपचारको उपाय भनेकै त्यस रोगविरुद्ध दिने खोप नै हो । हुन त विश्वमा प्राग्ऐतिहासिक (Pre-History) कालदेखि नै महामारी फैलिएको इतिहास देखिन्छ । करिब ५ हजार वर्ष (ईसापूर्व ३,००० वर्ष) पहिले चीनको उत्तरी पूर्व एक गाउँमा हजारौँ मानिसका हड्डीहरू फेला प¥यो । मानवशास्त्रीको भनाइअनुसार त्यस ठाउँमा महामारी फैलिएर धेरै परेर शव गाड्न नभ्याएर त्यतिकै फालेका थिए पछि त्यस गाउँमा कुनै मानिसको बस्ती नबसेको भनाइ छ । यो प्राग्ऐतिहासिक सो गाउँलाई हामिन मान्घ (Hamin Mangha) भनिन्छ । त्यस्तै प्राग्ऐतिहासिक कालका थुप्रै गाउँमा एकै खाल्डोमा थुप्रै शव गाडेको फेला परेका छन् । त्यस्तै ईसापूर्व ४३० वर्षपहिले एथेन्स (Athens) सहरमा झन्डै ५ वर्षसम्म प्लेग (Plegue) को महामारी फैलिएर करिब १ लाख मानिसको मुत्यु भयो । सन् १६५–१८० मा पनि अन्तोतिन प्लेग (Antonine Plague) फैलिएर ५० लाख मानिसको मृत्यु भयो । यसरी महामारीको इतिहास पल्टाएर हेर्ने हो भने विभिन्न समयमा विभिन्न रोगको महामारी फैलेर थुप्रै मानिसको मृत्यु भएको पाइन्छ । जस्तैः– सन् १८८९–१८९० मा फ्लु Flu), सन् १९१६ मा अमेरिकन पोलियो (Ameriean Polio), सन् १९१८–१९२० तिर स्पेनिस फ्लु (Spanish Flu), सन् १९५७–१९५८ मा एसियाली फ्लु (Asian Flu), १९८१ देखि अहिलेसम्म HIV/AIDS, सन् २००९–२०१० मा H1N1 स्वाइन फ्लु, सन् २००३ मा सार्स (SARS) जस्ता विभिन्न रोग महामारीको रूपमा फैलिएका थिए । अहिले सन् २०१९ को डिसेम्बरको अन्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) भुसको आगोजस्तै विश्वभर महामारीको रूपमा फैलिँदै छ । यसबाट झन्डै ३ करोड मानिस सङ्क्रमित भएका छन् भने करिब ९ लाख मानिसको मृत्यु भइसकेको छ । त्यसकारण यो रोगको रोकथाम र नियन्त्रणको लागि सयौँ वैज्ञानिकहरू खोप (Vaccine) उत्पादनका निम्ति लागिरहेका छन् । केही खोप (Vaccine) को उत्पादन र प्रयोग अन्तिम चरणमा पुगिसकेको छ । त्यसकारण अहिले उपचारको एक आशाको किरण देखिन थालेको छ ।


खोपको इतिहास (History of Vaccine)
यसरी हजारौँ वर्षदेखि विभिन्न रोगको महामारी फैलिएकोले खोपको अनुसन्धान र प्रयोग पनि हजारौँ वर्ष पहिलेदेखि भएको देखिन्छ । जस्तोः– बुद्ध भिक्षु (Buddhlist Monks) ले सर्पको विष पिएर पछि सर्पले टोक्दा केही नभएको अर्थात् सर्पको विषविरुद्ध प्रतिरोधात्मक क्षमता (Immunity) भएको देखाए । तर, पनि खोपको विकास १७ औँ शताब्दीको अन्त तिर भएको देखिन्छ । इडवार्ड जेन्नर (Eduard Jenner) लाई खोपका पिता Father of Vaccination) भनेर चिनिन्छ । उनले Cow Pox भएका गोठाला (Milk maid) हरूमा बिफर (Small Pox) नभएको फेला पारे । अनि उनले Cow Pox बाट केही पाप्रा (Vaccinia Virus) लिएर एक जामेस फिप्स (James Phippes) नाम गरेको १३ वर्षको केटोको पाखुरामा छालाभित्र राखे । त्यस केटोलाई केही महिनापछि बिफरको किटाणु हाल्दा पनि त्यस केटोमा बिफर (Small Pox) रोग लागेन । यसरी उनले Cow Pox बाट केही पाप्रा (Vaccinia Virus) लिएर एक जामेस फिप्स (James Phippes) नाम गरे बाट बिफर (Small Pox) विरुद्ध प्रतिरोधात्मक क्षमता (Immunity) भएको फेला पारे र सन् १७९८ मा पहिलो खोप बिफरको खोप (Small Pox Vaccine) बनाए । जसको प्रयोगले सन् १९८० मा विश्वबाट बिफरको उन्मूलन भएको घोषणा गर्न सफल भयो । त्यस्तै लुइस पास्चर Louis Pasteur) ले सन् १८९७ मा हैजाको खोप (Cholera Vaccine) र सन् १९०४ मा आन्थे्रक्स खोप (Anthrex Vaccine) बनाए । सन् १९२३ मा टी.टी. खोप (Tetanus) र सन् १९२७ मा भ्यागुते रोग (Diphtheria) को खोप अलेक्जेन्डर ग्लेन्नी (Alexender Glenny) ले पत्ता लगाए । यसरी विभिन्न समयमा विभिन्न रोगविरुद्धको खोप बनाए । पछिल्लो दुई दशकदेखि आणुवंशिक (Molecular Genetic) बाट विभिन्न खोपको विकास गर्न थाल्दै छ । जस्तोः– हेपाटाइटिस–बी (Hepatitis-B) खोप, लहरेखोकी (Pertsis or Whooping Cough) खोप, मौसमी रुघा (Seasonal Influenza) इत्यादि । यस Molecular Genetic ले गर्दा खोपको दुनियाँमा भविष्य उज्ज्वल बनाइदिएको छ ।


खोपको प्रकार (Types of Vaccine)
खोप भनेको कुनै पनि रोगको जीवाणु वा जीवाणुको केही भाग शरीरमा खोपेर भित्र पठाई शरीरले त्यस्ता जीवाणुविरुद्ध प्रतिरोधात्मक तत्व (Antibody) उत्पादन गराउनु हो । खोप स्वस्थ व्यक्तिलाई दिएर पहिले नै प्रतिरोधात्मक तत्व (Antibody) बनाउन दिनु हो, जसले गर्दा त्यस रोग लाग्न सक्दैन र शरीरकै प्रतिरोधात्मक क्षमता (Immunity) वृद्धि गर्दछ । खोप पाँच प्रकारका छन् । ती हुन् ः–
१. जीवित जीवाणु खोप (Attenuated or live vaccine)
२. निष्क्रिय जीवाणु खोप (Inactivated vaccine)
३. जीवाणुको विष भएको खोप (Toxoid vaccine)
४. जीवाणुको केही भाग भएको खोप (Subunit vaccineभ)
५. जीवाणुको प्रोटिन र बाहिरी खोल भएको खोप (Conjugated vaccine)


शरीरको प्रतिरोधात्म क्षमता (Body’s Immunity)
डार्विनको सिद्धान्तअनुसार प्रकृतिसँग जुध्ने क्षमता हुन्छ, ऊ यो संसारमा रहन्छ र जो सँग छैन, ऊ विलय वा मृत्यु हुन्छ । त्यसैले हाम्रो शरीरमा पनि कुनै पनि रोग वा प्रकृतिसँग जुध्ने क्षमता हुन्छ, जसलाई प्रतिरोधात्मक क्षमता (Immuity) भनिन्छ । हामीले देखेका छैनैँ कि कुनै व्यक्तिलाई रोग लाग्छ तर कसैलाई त्यही रोग लाग्दैन । अहिलेको कोरोना भाइरसको सङ्क्रमण पनि कसैलाई कुनै लक्षणविना रोग निको भएको छ भने कोही सङ्क्रमण जटिल भई मृत्युसमेत भएका छन् । त्यसको मतलब जसले कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक तत्व (Antibody) छिटो बनाउन सक्छ ऊ छिटो निको हुन्छ र जसले बनाउन सक्दैन उसको रोग जटिल हुन्छ र मृत्युसमेत हुनसक्छ । यस्ता प्रतिरोधात्मक तत्व (Antibody) शरीर आफैँ बनाउँछ भने त्यसलाई एक्टिभ इम्युनिटी (Active Immunity) भनिन्छ । कुनै बाहिरबाट दिन सकिन्छ, त्यसलाई प्यासिभ इम्युनिटी (Passive Immunity) भनिन्छ । अहिले जटिल खालको कोभिड–१९ को उपचारमा दिने प्लाज्मा थेरापी (Plasma Therapy) प्यासिभ इम्युनिटी हो । जसमा कोभिड–१९ रोग निको भएका बिरामीको रगतमा भएको कोरोना भाइरसविरुद्ध लड्ने तत्व हुन्छ । हाम्रो शरीरले सुरुमै एन्टीबडी (Antibody) बनाउँदैन । उक्त एन्टीबडी (Antibody) बनाउनको लागि कि त कुनै पनि जीवाणुले सङ्क्रमण गर्नुपर्दछ कि त खोप (Vaccine) दिनुपर्दछ । अनि शरीरले प्रतिरोधात्मक तत्व (Antibody) बनाउँछ । यो तत्व रगतमा हुने सेतो रक्तकोष (WBC) को लिम्फोसाइट Lymphocyte) ले बनाउँछ । यदि यी रक्तकोष  कमी भएमा उक्त तत्व  बनाउन सक्दैन । उक्त Lymphocyt ले Antibody बनाउनुको साथसाथै कुनै पनि जीवाणुको बारे ज्ञान  राख्छ जसले पछि केही गरी उक्त जीवाणु शरीरभित्र पसेमा तुरून्त Antibody बनाउँछ र छिटो आक्रमण गर्दछ । तर, दीर्घरोगी (मुटु रोग, क्यान्सर, दम, चिनी रोग), को औषधि खाइरहेका बिरामीमा यो क्षमता कमी हुन्छ जसले गर्दा छिटो सङ्क्रमण हुन्छ । यसरी कुनै पनि रोगविरुद्ध लड्ने क्षमता विकास गर्न खोप  दिनुपर्दछ । ताजा र स्वास्थकर खाना, फलफूल, माछा, मासु, सागसब्जी, अण्डा खाएर, कसरत र योगा गरेर प्रशस्त झोलिलो (पानी) पिएर आरामदायी निन्द्रा, तनाव कम गरेर शरीरको प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्न सकिन्छ ।


खोपको विकास चक्र (Development cycle of Vaccine)
सन् १७९८ मा बिफरको खोप (Small pox Vaccine) बनाएको थियो । कुनै पनि खोप बजारमा अर्थात् मानिसमा दिन (Clinical practice) विभिन्न चरण वा प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसकारण एउटा खोप बनाउन वा प्रयोगमा ल्याउन वषौँ–वर्ष (१०–१५ वर्ष) लाग्छ । सन् १९६० मा हाडे Mumps) को खोप बनाउन छिटोमा ४ वर्ष लागेको थियो । तर, अहिलेको जस्तो महामारी फैलिएमा २–३ चरण एकैचोटि अर्थात् सँगसँगै गरेर छिटो प्रयोगमा ल्याउन सकिन्छ । तर, त्यसको नकारात्मक र सकारात्मक असरबारे पछिसम्म अध्ययन चालू रहन्छ ।
कुनै पनि खोप बनाउन सुरुमा जीवाणु वा जीवाणुको केही भाग कोष मा परीक्षण गर्दछ । अनि सफल नतिजा आएमा जनावर (मुसा वा बाँदर) मा परीक्षण गर्दछ । यस चरण पनि सफल भएमा मात्र मानवमा विभिन्न चरणमा परीक्षण गर्दछ ।
यो पहिलो चरण (Phase–I – Safey trial
यस चरणमा केही मानिसमा उक्त खोपको सुरक्षित र मात्राबारे परीक्षण गर्दछ । साथ–साथै त्यसबाट कुनै असर र प्रतिरोधात्मक तत्व बनेको छ कि छैन भन्नेबारे अध्ययन गर्दछ ।
दोस्रो चरण (Phase–II – Expanded trial
– यस चरणमा सयौँ मानिसलाई विभिन्न समूह (बच्चा, वयस्क, महिला र पुरुष) बनाई परीक्षण गर्दछ । यस चरणमा पनि प्रतिरोधात्मक क्षमता र असरबारे अध्ययन गर्दछ ।
तेस्रो चरण (Phase–III – Efficiency trials)
यस चरणमा विभिन्न जातजाति र विभिन्न समूहलाई खोप र कुनै समूहलाई खोपजस्तो  सुई दिएर कतिलाई सङ्क्रमण भएको छ, कुनै समूहमा सङ्क्रमण भएको छ, कतिलाई छैन, प्रतिरोधात्मक तत्व बनेको छ कि छैन जस्ता विस्तृत अध्ययन गर्दछ । यदि यो सफल भएमा मात्र बजारमा पठाउन वा मानिसमा प्रयोग गर्न स्वीकृति प्राप्त गर्दछ । यसरी खोप बजारमा पठाउन विभिन्न चरणको परीक्षण सफल गर्नुपर्ने हुन्छ जुन वषौँ वर्ष लाग्छ ।


कोभिड–१९ को खोप कहिले ?
नेवारी भाषामा एउटा उखान छ – “आय बुयाँ काय् बुई मखु” अर्थात् छिटो छोरो चाहियो भन्दैमा छोरो जन्मिदैन । त्यसकारण कोभिड–१९ विरुद्धको खोप आउन अझै केही महिना वा वर्ष लाग्न सक्छ । अहिलेसम्म विश्वमा १७५ वटा कम्पनी कोभिड–१९ को खोप विकासक्रममा छन् । जसमध्ये ४७ वटा खोप मानिसमा विभिन्न चरणमा परीक्षण गर्दै छ । पहिलो चरण–२४, दोस्रो चरण–१४ र तेस्रो चरण–९ वटा खोप परीक्षणमा छन् । तर, ३ वटा कम्पनीलाई सीमित मानिसमा दिनलाई स्वीकृति दिएको छ । अहिलेसम्म कुनै पनि खोप बजारमा पठाउनको लागि स्वीकृति दिएको छैन । कोभिड–१९ को खोप जनवरी २०२० मा सुरु गरी मार्चमा मात्र मानिसमा परीक्षण गर्न सफल भएको हो । तेस्रो चरणका खोपहरू अहिले विभिन्न राष्ट्रहरूमा परीक्षण गर्दै छ । त्यस्तै नेपालमा पनि Oxford University -Covidshield_, Russia -Sputink–v र चीनको एक खोप तेस्रो चरणमा परीक्षण गर्दै छ । My Republicad 24th Aug. 2020 अमेरिकाको Mordena खोपलाई सरकारले नै करोडौँ डलर सहयोग गरेर छिटोभन्दा छिटो बनाउन अर्थात् नोभेम्बर महिनामा हुने राष्ट्रपतिको चुनावअघि नै मानिसहरूमा दिन दबाब दिएको छ । यसबाट के थाहा हुन्छ भने खोप बनाउन पनि राजनैतिक दबाब हुँदोरहेछ । त्यस्तै चीनको बायोटेक (BioTech_) कम्पनीको Sinovacखोप आफ्ना ९० प्रतिशत (२–३ हजार) कर्मचारी र तिनीहरूका परिवारलाई दिन सुरु ग¥यो । यसरी विभिन्न कम्पनीले द्रुत गतिमा कोभिड–१९ खोप बनाउन लागिरहेका छन् । त्यसैले अबको केही महिना वा छिटोभन्दा छिटो खोप नआउञ्जेल कोरोना भाइरसको सङ्क्रमणबाट बच्नको लागि रोकथाम र नियन्त्रणका उपायहरू अपनाऔँ । जस्तोः– भौतिक दूरी कायम गर्ने, नाकमुख छोप्ने गरी मास्क लगाउने, समय–समयमा साबुन पानीले हात धुने, बरोबर स्यानिटाइजर प्रयोग गर्ने, भीडभाडमा नजाने, जात्रा र भोजभतेर नमनाउने, सुपरमार्केट, मिनिमार्क तथा भीडभाड हुने पसलमा किनमेल नगर्ने, हाँछ्यु गर्दा नाक, मुख रुमालले छोप्ने, हात मिलाउने वा अङ्कमाल नगर्ने, चिया, नास्ता, खाजा पसलमा खान नजाने, स्वच्छ, ताजा फलफूल माछा, मासु, अण्डा खाने, दिनदिनै योगा, कसरत गर्ने र तनावमुक्त हुने, ध्रूमपान, मद्यपान नगर्ने र जहाँ पायो त्यहाँ सिँगान नफाल्ने र थुक नथुक्ने इत्यादि ।

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution