स्क्रब टाइफस

स्क्रब टाइफस बाट ६ जनाको मृत्यु

२०७६-०६-२
स्क्रब टाइफस

स्क्रब टाइफस वा बुस टाइफस नामक रोग ओरेन्सिया सुसुगमुसी नामक परजिवीको संक्रमणले लाग्ने रोग हो । यो परजीवीलाई एक प्रकारको माइट जातिको की राले सार्ने गर्दछ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन । पहिलो पटक यो रोग सन् १९३० मा जापानमा देखा परेको थियो । सन् १९४४ तिर दोस्रो विश्वयुद्धमा अमेरिकी सेनामा पनि यो रोग देखा परेको थियो । यो रोगको किटाणु बोक्ने माइट झाडी ९ सानासाना बोटबिरुवामा बस्ने हुनाले युद्धमा खटिएका सेनाहरु जंगलका झाडी हुँदै हिंड्दा उक्त माइटले टोक्ने क्रममा ओरेन्सिया सुसुगमुसी नामक परजीवी पनि शरीरमा छोड्छ ।
यो रोगको संक्रमण सबै ठाउँमा नभएर विशेष स्थानमा मात्र भेटिएको थियो । विशेष गरी दोस्रो विश्वयुद्धताका यो रोग प्रशान्त महासागरीय क्षेत्रका ग्रामीण इलाकामा भेटिएको थियो । यो रोगमा ज्वरो आउने हुनाले यसलाई सुरुसुरुमा सिचिटो फिवर वा ह्याट्सुका फिवर भन्ने गरिन्थ्यो ।

नेपालमा हालम्म स्क्रब टाइफस बाट ६ जनाको मृत्यु भइसकेको छ । वैशाख महिनादेखि अहिलेसम्म सो मृत्यु भएको हो । उक्त अबधिमा ३२ जिल्लाका २२२ जनामा ‘स्क्रब टाइफस देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैभन्दा बढी यस रोगका बिरामी चितवनमा देखिएका छन् । यो रोगका कारण मृत्यु हुनेमा संखुवासभाका दुई तथा भोजपुर, तनहुँ, गुल्मी र चितवनका एकरएक जना छन् ।

गत वर्ष यो रोगको सङ्क्रमणबाट १०१ जना विरामी परेका थिए भने आठ जनाको मृत्यु भएको थियो । नेपालमा भने मुसाले यो रोग सारेको पाइएको छ । झाडीमा बस्ने मुसाको कानमा पाइने उक्त माइट झाडीमा सर्ने र सो झाडीमा मानिस जांदा माइटले मानिसलाई टोकेको कारणले गर्दा यो रोग भएको पाइएको छ । ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु, माम्सपेसी दुख्नु, पाचन आङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिबिरा देखिनु आदि यसका प्रमुख लक्षण हुन् । रोग समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्छ ।
यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ । औषधिको रुपमा एन्टिबायोटिक प्रयोग गर्नु पर्ने हुन्छ । डक्सी साइक्लिन, एजिथ्रोमाइसिन, क्लारामफेनिकल, रिफाम्पिन, सिप्रोफ्लोक्सिनमध्ये कुनै एक औषधि पाँचदेखि दसदिन प्रयोग गर्दा यो रोग ठीक हुन्छ । तर गर्भवती महिलाले भने सिप्रोफ्लोक्सिन प्रयोग नगरी अन्य मात्र प्रयोग गर्नु उचित हुन्छ । किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै यसको प्रमुख रोकथाम हो । यसका लागि घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नु पर्दा केही ओछ्याएर बस्ने गर्नु पर्दछ ।

 

लक्षण :

स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढि र काम जरो समेत आउन सक्दछ । धेरै टाउको दुख्ने,  पसिना धेरै आउने,  आँखा रातो हुने, झाडापखला लाग्ने , विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्छ । किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ । 

 

बच्ने उपाय 

खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने ।  

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution